अछाममा बस दुर्घटना, एकको मृत्यु १७ घाइते

असल शासन प्रतिनिधि

अछाम– अछाममा बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । मंगलसेनदेखि धनगढी जाँदै गरेको ना४ख ९९७२ नम्बरको बस अछामको चौरीपाटी गाउँपालिका–७ मार्कुमा दुर्घटनामा परेको हो । बस साँपे-चौखुट्टे सडक खण्डबाट ६० मिटर तल खसेको थियो ।

दुर्घटनामा अछाम निवासी साँफेबगर नगरपालिका-३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृत्यु भएको छ । उपचारका लागि बयालपाटा अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै घाइते सबैको बलयपाटा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले बताए ।

  • १५ मंसिर २०७७, सोमबार प्रकाशित

  • Nabintech