बनियाँ गाउँमा झडप

असल शासन प्रतिनिधि

 

नेपालगन्ज–बाँकेको बनियाँ गाउँमा स्थानीयबीच झडप भएको छ । झडपको सूचना पाएलगत्तै ठूलो मात्रामा प्रहरी परिचालन गरिएकोबाँके प्रहरीले जनाएको छ ।

झपडमा परेर केही स्थानीय घाइते भएका छन् भने अहिले उक्त गाउँमा ठूलो संख्यामा जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ । झडपको कारणबारे केही नखुलेको र त्यसबारे जानकारी लिइरहेको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले बताए ।

  • १५ मंसिर २०७७, सोमबार प्रकाशित

  • Nabintech