बेवारिसे शवको शदगद

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज स्थित कारकाँदोमा सेप्टि टयाङ्की भित्र मृत अवस्थामा भेटिएको एक बेवारिसे शवको सदगद गरिएको छ ।

अन्दाजी १४÷१५ बर्षको टाउको नभएको बालकको शब आज वेवारीसे शब ब्यवस्थापन तथा पुर्नजीवन केन्द्र बांके शाखाद्वारा नेपालगन्जको समसानघाटमा सदगद् गरिएको हो । चार दिन अघि नेपाल प्रहरी मार्फत भेरी अस्पतालको शब गृहमा राखिएको वेवारीसे शबमा शाखाकी संयोजक पुजा बिश्वकर्मा, कार्यकारी निर्देशक भुपेन्द्र वस्नेत, सदस्य अम्बिका काफ्ले, पुनम गुरुङ, लगायतले दागबत्ती दिएका थिए ।

यो संगै बांकेमा ५ औं बेवारिसे शवको सदगद भएको छ । शवको सदगद का लागि नेपालगन्ज वडा ४ का वडा अध्यक्ष मो.सफिक बेहनाले रु. ६ हजार रकम सहयोग गरेका छन् ।

 

  • १५ मंसिर २०७७, सोमबार प्रकाशित

  • Nabintech