रोल्पाका दुई स्थानमा गोष्ठी

असल शासन प्रतिनिधि

रोल्पा/ स्थानीय तहको योजना तर्जुमा तथा निर्णय प्रक्रियामा सहभागिता अभिबृद्धी विषयक एक दिने अभिमुखिकरण गोष्ठि रोल्पामा आज सम्पन्न भएको छ ।

स्ट्र«ोम फाउण्डेशन नेपालको सहयोगमा सहास नेपालद्धारा संचालित दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण (सिड्स) कार्यक्रम अन्र्तगत सो गोष्ठि सम्पन्न भएको हो । रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नम्बर २ को खुंग्रीमा सम्पन्न भएको गोष्ठिमा सहजकर्ता, बासका निबर्तमान अध्यक्ष मन भण्डारीले स्थानीय बजेट तर्जुमाका आधारहरु, स्थानीय तहको योजना तथा वजेट तर्जुमाका चरणहरु, वजेटको पुर्व तयारी चरण, वजेट प्राथमिकीकरणका आधारहरु, योजना तर्जुमा प्रक्रियामा नागरि सहभागिता, स्थानीय बिकास लगायतको बिषयमा सहजिकरण गरेका थिए । परियोजना संयोजक मेनुका मल्ल सिंहले संचालन गरेको गोष्ठीमा बिभिन्न क्षेत्रका २५ जनाको सहभागिता रहेको थियो ।

यसै गरी आजै सामुदायिक अगुवा, युवा तथा समुह सदस्यहरुका लागि सुशासन बिषयक अधिमुखिकरण गोष्ठी सम्पन्न भएको । रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नम्बर २ को खुंग्रीमा सम्पन्न भएको गोष्ठिमा सहजकर्ता, बासका कार्यकारी निर्देशक नमस्कार शाहले भ्रष्टाचार, भ्रष्टाचारका कारण, भ्रष्टाचारको प्रभाव, परिणाम, भ्रष्टाचार बिरुद्ध स्थानीय नागरिकहरुको भुमिका, असल शासन र असल शासनकन आधारभुत तत्वहरुको वारेमा सहजिकरण गरेका थिए । गोष्ठीमा २५ जना युवाहरुको सहभागिता रहेको थियो ।

 

  • १५ मंसिर २०७७, सोमबार प्रकाशित

  • Nabintech