कोरोना कहरका बिच राप्तीमा नाहान मेला

लोक बहादुर घर्ती

नेपालगन्ज/कोरोना जोखिमका बिच बाँकेको राप्ति नदिमा बर्षाै देखि मनाउदै आएको नाहन मेला यो वर्ष पनि भब्यताका साथ मनाइएको छ ।

आज विहानै देखि राप्ती नदिमा स्नानका लागि सपरिवार नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउपालिका लगायत विभिन्न स्थानबाट जाने स्थानियको बाक्लो उपस्थिती रहेको थियो ।

राप्ति नदिमा गएर स्नान गरेको खण्डमा बर्ष भरिको पाप पखालिने जन विश्वास रहेको मेला हरेक बर्ष आजकै दिन मनाउने गरिन्छ । यस बर्ष कोरोनाका कारण मेला स्थगित हुने आंकलन रहेपनि विहानै देखि स्थानियहरुको भिड लागेको देखिन्थ्योे ।

स्थानीय प्रशासनले मेला तथा भिडभाड नगर्न सूचना जारी गरेको भएपनि त्यसको बर्खिलाप राप्तीमा निर्धक्क मेला लागेको थियो । मेलामा सहभागिले न त दुरी कायम गरेका थिए न मास्क नै लगाएका थिए जसले कोरोना जोखिम बढ्ने स्थानीयहरुको भनाई थियो । स्वास्थ्य मापदण्डको पालना नभएको मेला व्यवस्थापनका लागि ईलाका प्रहरी कार्यालय कम्दीबाट प्रहरी परिचालन गरिएको भएपनि त्यो अप्रयाप्त रहेको र त्यसले मेलामा स्वास्थ्य मापदण्ड अनुसार ब्यवस्थापन गर्न नसकेको प्रत्यक्षदर्शीहरुको भनाई रहेको छ ।

  • १५ मंसिर २०७७, सोमबार प्रकाशित

  • Nabintech