कमल गार्मेन्टमा आगलागी

असल शासन प्रतिनिधि

नेपालगन्ज/नेपालगन्जका दुई स्थानमा आगलागी भएको केही दिन बित्न नपाउँदै नेपालगञ्जको धम्वोझिमा आगलागी भएको छ ।

धम्बोझीमा स्थित कमल गार्मेन्ट प्रा.ली.मा मंगलबार साँझ आगलागी भएको हो ।

नेपालगञ्ज उद्योग बाणिज्य संघका प्रबक्ता टंक धामीको उक्त प्रालीमा भएको आगलागीबाट २ करोड बढिको नोक्सान भएको बताईएको छ ।

उद्योगको मोटर बन्द नहुँदा साढे ७ बजे मोटर पड्केर आगलागी भएको बताईएको छ । प्रोपराईटर धामीका अनुसार, उद्योगको मेसिन, कपडा लगायतका सबै सामानहरु जलेर नष्ट भएका छन् ।

उनका अनुसार, दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा आगलागी डेढ, दुई घण्टा पछि नियन्त्रणमा आएको थियो ।

  • १६ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech