रोल्पामा राँके जुलुश

असल शासन प्रतिनिधि

रोल्पा/नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको बिरोधमा देशभर प्रदर्शन गरिएको छ ।

बिरोधमा काँग्रेसले देशैभर राँके जुलुश सहित प्रर्दशन गरेको हो ।

ब्यास नगरपालिकाको बुल्दी खोलामा बनेको पुल उद्घाटनका लागि जाने क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार पक्राउ परेका थिए ।

व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्न सेती नदीमाथि बनेको पक्की पुल उद्घाटन गरेका पौडेलले ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोलामा बनेको पुलको पनि उद्घाटन गर्ने कार्यक्रम थियो । ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा उनीसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायत पक्राउ परेका थिए ।

संघीय सरकारको बजेटमा बनेको पुल कसले उद्घाटन गर्ने भन्नेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी कांग्रेसबचि विवाद भएपछि स्थानीय प्रशासनले झडप हुने सम्भावना देखिएको भन्दै निषेधाज्ञा गरेको थियो । निषेधाज्ञालाई खारेज गर्छु भन्दै ¥यालीसहित पुल उद्घाटन गर्न हिँडेका पौडेललाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएर साँझ साढे ५ बजे तिर छाडेको छ ।

पौडेलसँगै प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायतलाई प्रहरीले पक्राउ परेका थिए भने धरपकडका क्रममा भएको झडपका क्रममा नेता रामचन्द्र पोखरेल, कांग्रेस तनहुँका सचिव लक्ष्मी आचार्यलगायत केही सामान्य घाइते भएका छन् ।

उनीहरुलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरवण वाग्लेको रोहबरमा रिहा गरिएको तनहुँ प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए ।

पौडेलको रिहाइको माग गर्दै कांग्रेसले जिल्ला प्रहरी कार्यालय तनहुँको बाहिर प्रदर्शन गरेको थियो । सरकारको विरोध र टायर बाल्दै रिहाई मागमा प्रदर्शन गर्दै केही समय पृथ्वी राजमार्गसमेत अवरुद्ध गरेको थियो ।

पक्राउको बिरोधमा रोल्पाको लिवाङमा पनि राँके जुलुस सहित प्रर्दशन गरिएको छ । नेपाली काँग्रेस रोल्पाको आह्वानमा भएको जुलुशमा सरकार बिरुद्ध नारवाजी गरिएको थियो । नेपाली काँग्रेश रोल्पाका सभापती तथा पूर्ब सिंचाईं राज्य मन्त्री अमर सिंह पुन लगायतले सम्बोधन गरेका थिए ।

  • १७ मंसिर २०७७, बुधबार प्रकाशित

  • Nabintech