सरसफाई कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामग्री सहयोग

असल शासन प्रतिनिधि

 

नेपालगञ्ज/ नेपालगञ्ज उप–महानगरपालिकाले सरसफाईमा खटिएका कर्मचारीलाई व्यक्तिगत सुरक्षा तथा सरसफाई सामग्री सहयोग गरेको छ ।

बुधबार उप–महानगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख डा. धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का र प्रबक्ता प्रमोद रिजालले उक्त सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । सामग्री सहयोग कार्यक्रममा प्रमुख डा. धवलशम्शेर राणाले कोरोना भाइरसको उच्च जोखिमका बावजुद सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीले गरेको कामको प्रशंसा गरेका थिए । कार्यक्रममा उपप्रमुख उमा थापा मगरले सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीलाई माक्स, ग्लोब्स, सेनिटाईजर, पिपिई, गम्बुट लगायतका १४ प्रकारका सामग्री उपलब्ध गराइएको जानकारी दिएकी थिइन् ।

उप–महानगरपालिकाले जर्मन सहयोग (जिआईजेड) तथा विश्वका चिकित्सकहरुको सहकार्यमा सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीलाई साम्रगी सहयोग गरेको हो ।
नेपालगञ्जमा ३५० जना सरसफाई कर्मचारी कार्यरत रहेका छन् ।

  • १७ मंसिर २०७७, बुधबार प्रकाशित

  • Nabintech