बास रोल्पा शाखामा मानसिंह

असल शासन प्रतिनिधि

लिवाङ, रोल्पा / भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बासको रोल्पा शाखाको अध्यक्षमा मानसिंह बि.क. निर्विरोध चयन भएका छन् ।

रोल्पाको लिवांगमा आज सम्पन्न शाखाको भेलाले शाखा पूर्नगठन गर्दै नया कर्यसमिति चयन गरेको हो । निर्विरोध चयन भएको शाखाको उपाध्यक्षमा लोकेन्द्र चन्द, सचिवमा भरत नेपाली, सहसचिवमा कमान सिंह पुन र कोषाध्यक्षमा टेकेन्द्र सेन चयन भएका छन् ।

शाखाको सदस्यहरुमा क्रमशः लोकेन्द्र सेन, सुप्रिया बुढा मगर, रेशम बिक र नविन बुढाथोकी क्षेत्री रहेका छन् । शाखा पूर्नगठन बासका कार्यकारी निर्देशक नमस्कार शाह र निर्वतमान अध्यक्ष मन भण्डारीको उपस्थितीमा भएको थियो ।

 

  • १८ मंसिर २०७७, बिहीबार प्रकाशित

  • Nabintech