बालबिबाह बिरुद्ध बिशेष अभियान

असल शासन प्रतिनिधि

रोल्पा/रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्वर ७ तेवाङमा बढिरहेको बालबिबाह न्यूनिकरणका लागि बिशेष अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सहास नेपालको आयोजनामा रोल्पाको सुनिल स्मृति गाउँपालिका वडानम्वर ७ तेवाङमा आज सम्पन्न सेवाप्रदायक र सेवाग्राही बिचको अन्तरक्रियामा सो प्रतिबद्धता व्यक्त भएको हो ।

घोषणा गरिएका अन्य प्रतिबद्धताहरुमा स्वयंसेविकाहरुलाई आवश्यक सेवा, सुबिधाको व्यवस्था गर्न पहल गर्ने, वडा भित्रका सार्वजनिक जग्गाहरु अतिक्रमण भईरहेकाले अतिक्रमण रोक्न गाउँपालिकालाई पत्राचार गर्ने, वडाको चिस्पाधारा टोलका महिलाहरुका लागि सिपमूलक तालिम सञ्चालन गर्ने, अवैध मदिरा नियन्त्रणका लागि वडाबाट आवश्यक पहल गर्ने रहेका छन् ।

प्रतिबद्धताहरुमा वडाध्यक्ष मान सिंह पुन, नेपाल राष्ट्रिय माबिका शिक्षक मेघराज रिजाल, अतिरिक्त हुलाकका मदन बहादुर सुबेदी, महिला स्वयंसेविका गंगि थापा क्षेत्री, आमा समूहकी सुमन पुन, स्वास्थ्यचौकीमा भक्त बहादुर थापा र किशोरी सञ्जालकी सुस्मिता खड्का लगायतले हस्ताक्षर गरेका छन् ।

स्ट्रोम फाउण्डेशन नेपालको सहयोगमा सहास नेपालद्धारा संचालित दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण (सिड्स) कार्यक्रम अन्र्तगत उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा सहास नेपालका परियोजना संयोजक मेनका मल्ल सिंहले स्वागत तथा उद्धेश्य माथि प्रकाश पारेकि थिईन् । कार्यक्रमका सहभागिहरुले वडाका बिभिन्न सरोकारका बिषयहरुमा प्रश्न गरेका थिए । प्रश्नहरुको उत्तर वडाध्यक्ष मानसिंह पुनले दिएका थिए ।

 

  • १८ मंसिर २०७७, बिहीबार प्रकाशित

  • Nabintech