रोल्पाका जनप्रतिनिधिहरुलाई तालिम

असल शासन प्रतिनिधि

रोल्पा/रोल्पाको सुनिल स्मृति गाउँपालिका जनप्रतिनिधि र कर्मचारीहरुलाई पारदर्शिता र उत्तरदायित्व बिषयक अभिमुखिकरण तालिम प्रदान गरिएको छ ।

सहास नेपालको आयोजनामा सो तालिम शुक्रवार सम्पन्न भएको हो।

स्ट्रोम फाउण्डेशन नेपालको सहयोगमा सहास नेपालद्धारा संचालित दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण (सिड्स) कार्यक्रम अन्र्तगत सम्पन्न उक्त तालिमको उद्घाटन सुनिल स्मृति गाउँपालिकाका कार्यबाहक अध्यक्ष बाग्मती क्षेत्रिनीले गरेकि थिईन् । उद्घाटन गर्दै कार्यवाहक अध्यक्ष क्षेत्रिनीले जनप्रतिनिधिहरु सुशासनका लागि प्रतिबद्ध हुनुपर्ने बताईन् ।

उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्धेले पालिकाले गरेका कार्यहरु बारे जानकारी गराउँदै सुशासनका लागि पालिका प्रतिबद्ध रहेको बताए ।

बासका कार्यकारी निर्देशक नमस्कार शाह र निबर्तमान अध्यक्ष मन भण्डारीले सहजिकरण गरेको कार्यक्रमको सञ्चालन सहास नेपालकी जिल्ला परियोजना संयोजक मेनका मल्ल सिंहले गरेकि थिईन् । तालिममा भ्रष्टाचार, भ्रष्टाचार बिरुद्धका कानुनी प्रावधानहरु, असल शासन, असल शासनका आधारभुत तत्वहरु, सार्वजनिक सुनुवाई, सूचनाको हक लगायतका बिषयमा प्रशिक्षण दिईएको थियो ।

कार्यक्रममा पालिकाका प्रशासन प्रमख नुमाकान्त कालाथोकी, कार्यपालिका सदस्य तुलसि सुनार, चन्द्र मरनथानी लगायतले तालिम प्रभावकारी भएको बताएका थिए ।

  • १९ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech