अधिकारकर्मी जैशी सम्मानित

असल शासन प्रतिनिधि

नेपालगन्ज/अपाँगता अधिकाराकर्मी टेकराज जैशी बिहिवार सम्मानित भएका छन् ।

२९ औं अन्तराष्ट्रिय अपाँगता दिवसको अवसरमा बुटवलमा आयोजित एक बिशेष कार्यक्रममा लुम्विनी प्रदेशको सामाजिक बिकास मन्त्रालयबाट जैशी सम्मानित भएका हुन् ।

अपाँगता अधिकारका क्षेत्रमा लामो समय देखि क्रियाशिल जैशीलाई राष्ट्रिय अपाँग महासंघ नेपाल र सामाजिक बिकास मन्त्रालयबाट जैशी लगायतलाई सम्मान गरेको हो ।

जैशीले सम्मान पश्चात सामाजिक बिकास मन्त्रालय र राष्ट्रिय अपाँग महासंघलाई धन्यवाद ज्ञापन गरेका छन् ।

  • १९ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech