१६ दिने अभियानको अवसरमा बक्तृत्वकला

प्रतियोगितामा कृतिका प्रथम

असल शासन प्रतिनिधि

नेपालगन्ज / लैंगिक हिंसा बिरुद्ध १६ दिने अभियानको अवसरमा बासले लैंगिक हिंसा बिरुद्ध युवाको भूमिका बिषयक बक्तृत्वकला प्रतियोगिता गरेको छ ।
बासको युवा लक्षित कार्यक्रम इन्स्पाइरिङ्ग युथको १९९औं श्रृखला लैंगिक हिंसा बिरुद्ध १६ दिने अभियानमा केन्द्रीत रहेको थियो । १० जना प्रतियोगि युवाहरुले सहभागिता जनाको बक्तृत्वकला प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना स्थान क्रमशः कृतिका आचार्य, शुसिला थारु, आदिल अन्सारि र सुस्मिता गिरिले हासिल गरेका छन् । प्रतियोगिताको निर्णायक कमल शाही र रबिन्द्र बोहराले बिजेता प्रतियोगिको घोषणा गरेका थिए ।
प्रतियोगिताका सहभागि युवाहरुले लैंगिक हिंसा न्यूनिकरणका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए । युवा शक्ति सकारात्मक सोचका साथ अगाडी बढेमा सबै परिवर्तन सम्भव हुने भन्दै लैंगिक हिंसा अन्त्य गर्न सबै युवाहरुले म लैंगिक हिंसा गर्दैन भन्ने प्रतिबद्धता हरेक युवाले गर्नुपर्नेमा उनीहरुको जोड थियो । प्रतियोगि बक्तृत्वमा प्रतियागिले लैंगिक हिंसा बिरुद्ध युवाको भूमिकाका बारेमा बोलेका थिए ।
बासका जनसम्पर्क अधिकृत मुना बिष्टले सञ्चालन गरेको कार्यक्रमको धन्यबाद ज्ञापन सहित समापन बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेका थिए । कार्यक्रममा ५५ बढी युवाहरुको सहभागिता रहेको थियो ।

  • १९ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech