वाल विवाह बिरुद्ध नागरिक समाज सञ्जाल

असल शासन प्रतिनिधि

बर्दिया / वाल विवाह न्युनिकरणमा नागरिक समाज सञ्जालका लागि आयोजित दुई दिने क्षमता अभिबृद्धि तथा योजना निर्माण तालिम सकिएको छ ।
बर्दियाको बडैयाताल गाँउपालिकामा मंसिर १८ गते शुरु भएको तालिम आज समापन भएको हो । बडैयाताल गाँउपालिका स्थित होटल सुनगाभामा भएको तालिम बाल विवाह न्यूनिकरण र नेतृत्व विकासका बिषयमा केन्द्रीत रहेको थियो । तालिमको दोश्रो दिन वाल विवाह के हो, वाल विवाहबाट पर्ने असर, वाल विवाह न्यूनिकरणका लागि नागरिक समाज सञ्जालको भुमिका, वाल संरक्षणका शिद्धान्त र नेतृत्व विकासका विभिन्न बिषयमा बासका निर्देशक हेमराज भट्टले सहजिकरण गरेका थिए ।
दुई दिन सम्म चलेको तालिमले वाल विवाह न्यूनिकरणको अभियानलाई तिब्र रुपमा अगाडी बढाउन सहयोग पुग्ने सहभगिहरुको भनाई थियो । यसैगरी नेतृत्व कसरी गर्ने र कस्तो नेतृत्वले समुहलाई सहज रुपमा अगाडी लैजान सक्छ लगायतका बिषयमा प्रष्ट भएको सहभागिहरुको भनाई थियो ।
प्लान इन्टरनेशनल नेपाल क्षेत्रिय कार्यालय सुर्खेतको सहयोग तथा बाँके युनेश्को क्लबको आयोजनामा तालिम आयोजना गरिएको थियो ।

  • १९ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech