सहभागितामुलक योजना तर्जुमा प्रक्रिया अवलम्बन गरिने

असल शासन प्रतिनिधि

रोल्पा/सेवाप्रदायक र सेवाग्राहीबिच अन्र्तक्रिया कार्यक्रम बिहिबार रोल्पाको सुनिल स्मृती गाउँपालिकाको अरेशमा सम्पन्न भएको ।

स्ट्रोम फाउण्डेशन नेपालको सहयोगमा सहयोगी हातहरुको समुह (सहास) नेपालद्धारा संचालित दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण (सिड्स) कार्यक्रम अन्र्तगत सो अन्र्तक्रिया सम्पन्न भएको हो ।

गाउँपालिकाको वडा नम्बर ८ अरेशमा भएको सेरोकारवाला र स्थानीयबिच भएको दोहोरो सम्वाद पश्चात ५ बुदे प्रतिबद्धताको घोषणा गरिएको छ । ब्यक्त गरिएका प्रतिबद्धताहरुमा समुदाय स्तरमा हुने बालबिबाह न्युनिकरणका लागि सामुहिक रुपमा सशक्त अभियान संचालन गर्ने, वडा स्तरको वजेट तथा कार्यक्रम तर्जुमा गर्दा सहभागितामुलक योजना तर्जुमा प्रक्रिया अवलम्बन गर्ने, लक्षित वर्ग केन्द्रित कार्यक्रम संचालन गर्दा सम्बन्धित लक्षित वर्गबाट प्रस्तावना सहितको कार्यक्रम माग गरी संचालन गर्ने, वडाको समग्र बिकासको लागि सबै वर्ग, समुदाय र सरोकारवालाको सामुहिक सहभागिता अभिबृद्धी गर्ने र स्वास्थ्य चौकीलाई नमुना बनाउन स्वास्थ्य सेवालाई थप प्रभावकारी र गुर्णस्तरिय बनाउने रहेका छन् ।

कार्यक्रममा सहभागिहरुले बाल बिबाह न्यनिकरणका लागि भएका निर्णय र आचारसंहिताको कार्यान्वयन हुन नसकेको, वडाको योजना तर्जुमा गर्दा नागरिकहरुको सहभागिता बिना हुने गरेको, लक्षित वर्गको कार्यक्रम गर्दा सम्बन्धित लक्षित वर्गलाई जानकारी नहुने गरेको लगायतका बिषयमा सरोकारवालाहरुलाई प्रश्न गरेका थिए । सहभागिहरुले उठाएका बिषयलाई सम्बोधन गर्दै वडा अध्यक्ष पुर्ण बहादुर पुनले सबैको सहयोग, समन्वय र सहभागितामा मात्र वडाको बिकास सम्भव भएको बताएका थिए । कार्यक्रममा वडा अध्यक्ष पुन, स्वास्थ्य चौकी प्रमुख युवराज भुसाल, नेरा माबीका शिक्षक हेमन्त खत्री, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नम बहादुर विश्वकर्मा लगायतले सहभागिहरुको प्रश्नको जवाफ दिएका थिए ।
सहास नेपालका पारस बिकले स्वागत गरेको कार्यक्रम बासका निबर्तमान अध्यक्ष मन भण्डारीले सहजिकरण गरेका थिए ।

 

  • १९ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech