सामुहिक अनुगमनलाई तिव्रता दिने

असल शासन प्रतिनिधि

रोल्पा/सुनिल स्मृती गाउँपालिका वडा नम्बर २ का सरोकारवालाले सामुदायिक विद्यालयको शैक्षिक गुर्णस्तर सुधारका लागि सामुहिक अनुगमन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नम्बर २ खुँग्रीमा आज सम्पन्न भएको सेवाप्रदायक र सेवाग्राहीबिच अन्र्तक्रिया कार्यक्रमका सरोकारवालाहरुले सो प्रतिबद्धता गरेका हुन् ।

स्ट्रोम फाउण्डेशन नेपालको सहयोगमा सहयोगी हातहरुको समुह (सहास) नेपालद्धारा संचालित दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण (सिड्स) कार्यक्रम अन्र्तगत सो अन्र्तक्रिया सम्पन्न भएको हो ।


सेरोकारवाला र स्थानीयबिच भएको दोहोरो सम्वाद पश्चात ७ बुदे प्रतिबद्धताको घोषणा गरिएको छ । ब्यक्त गरिएका प्रतिबद्धताहरुमा वडा मार्फत संचालन हुने बिकास निर्माणका योजनाको गुर्णस्तरियता र प्रभावकारिताका लागि अनुगमनलाई तिब्रता दिने र उपभोक्ता समिति गठन प्रक्रियामा कडाइ गर्ने, लक्षित वर्ग केन्द्रित कार्यक्रम संचालन गर्दा सम्बन्धित लक्षित वर्गबाट प्रस्तावना सहितको कार्यक्रम माग गरी संचालन गर्ने, सिचाइ मन्त्रालय अन्र्तगत संचालनमा रहेको लिफट सिचाई आयोजनालाई प्रभावकारी रुपमा प्रयोगमा ल्याउन समुदाय र वडा कार्यालय मिलेर कार्य गर्ने, एक घर एक धारा अभियान सफल पार्न सम्बन्धित निकायसंग समन्वय गरी १ बर्ष भित्र समस्या समाधान गर्ने, अघिल्लो आर्थिक बर्ष स्थगित भएको सिपमुलक तालिमलाइ यस बर्ष निरन्तर्ता दिने, वडाको बार्षिक कार्यक्रम, वजेट तथा सार्वजनिक बिषयको सूचना वडाको सूचना पार्टिमा टाँस गर्ने रहेका छन् ।

कार्यक्रममा सहभागिहरुले वडाको योजना तर्जुमा गर्दा नागरिकहरुको सहभागिता बिना हुने गरेको, लक्षित वर्गको कार्यक्रम गर्दा सम्बन्धित लक्षित वर्गलाई जानकारी नहुने गरेको, लिफट सिचाइ आयोजना कार्यान्वयनमा आउन नसकेको, खानेपानी समस्या समाधानका लागि वडाको ध्यान जान नसकेको, सामुदायिक बिद्यालयको शैक्षिक गुर्णस्तरमा ह्रास हुँदै गएको लगायतका बिषयमा सरोकारवालाहरुलाई प्रश्न गरेका थिए । सहभागिहरुले उठाएका बिषयलाई सम्बोधन गर्दै वडा अध्यक्ष नेत्र बहादुर गिरीले वडाको समग्र बिकासका लागि आफु लागि परेको बताए । वडाले एक घर एक धाराको योजना अघि सारेको बताउदै अवको एक बर्षभित्र सो अभियान सफल हुने अध्यक्ष गिरीको भनाइ थियो ।

कार्यक्रममा वडा अध्यक्ष नेत्र बहादुर गिरी, स्वास्थ्य चौकीका प्रतिनिधि डालु राना, वडा सदस्य पुनम सिंह, त्रिपुरेश्वरी माबी बिद्यालय ब्यवस्थापन समितिका सदस्य कमला थापा लगायतले सहभागिहरुको प्रश्नको जवाफ दिएका थिए ।
सहास नेपालका प्रताव श्रेष्ठले स्वागत गरेको कार्यक्रम बासका निबर्तमान अध्यक्ष मन भण्डारीले सहजिकरण गरेका थिए । कार्यक्रममा ३५ जना स्थानीय नागरिकको सहभागिता थियो ।

 

  • १९ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech