रोटरी क्लब अफ सेन्ट्रल नेपालगन्जकोे चार्टर डे भव्य

लोक बहादुर घर्ती मगर

नेपालगन्ज/रोटरी क्लब अफ सेन्ट्रल नेपालगन्जकोे चार्टर प्रिजेन्टेसन समारोह भव्यताका साथ बिहिवार सम्पन्न भएको छ ।

रोटरी क्लब अफ सेन्ट्रल बुटवलको आयोजनामा सो समारोह सम्पन्न भएको हो ।

रोटरी क्लब अफ सेन्ट्रल बुटवलका निबर्तमान अध्यक्ष राजेन्द्र कार्कीले संयोजन गरेको कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रल नेपालगन्जका पदाधिकारीहरुलाई सामुहीक सपथ ग्रहण गराईएको थियो ।

कार्यक्रममा रोटरिका नेपाल भुटानका गभर्नर राजिब पोख्रेल सहभागि थिए भने कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणा, उपप्रमुख उमा थापा मगर, खिमानन्द भुसाल, रोटरी क्लब अफ सेन्ट्रल नेपालगन्जका सल्लाहकार चार्टर प्रमुख अजाज अलाम, होमराज बस्याल, प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङवाङ, बाँकेका प्रहरी उपरिक्षक ओमबहादुर राना, भेरी अस्पतालका प्रमुख डा. प्रकास थापा, लमही रोटरी क्लब अफ सेन्ट्रलका रबी आचार्य, लुम्बीनी रोटरी क्लब अफ सेन्ट्रलका प्रमुख हिरा शाह, लुम्बीनी रोटरी क्लब अफ सेन्ट्रलका निबर्तमान प्रमुख कृष्ण प्रसाद पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

रोटरी क्लब अफ सेन्ट्रल प्रमुख निर्वाचित आर.टी.एन. होमराज बस्यालले आधिकारीक रुपमा घण्टी बजाएर औपचारिक ढंगले कार्यक्रम संचालन गर्न संकेत जनाए संगै राष्ट्रिय गान, रोटरी गानसँगै कार्यक्रम अघि बढेको थियो ।

गभर्नर पोख्रलले गमलामा रहेको बिरुवामा पानी हालेर उद्घाटन गरेका थिए । रोटरी क्लब अफ सेन्ट्रल नेपालगन्जका अध्यक्ष पुरन थारुलाई कार्यक्रमका प्रमुख अथिती पोख्रेलद्वारा सपथ ग्रहण गराएर रोटरी क्लब अंकित पिन र प्रमाणपत्र प्रदान गरिएको थियो भने चार्टर प्रमाणपत्र रोटरी क्लबका सल्लाहकार चार्टर प्रमुख अजाज आलमले प्रदान गरेका थिए ।    रोटरी क्लब अफ सेन्ट्रलका अध्यक्ष थारुले ५७ सदस्यहरुलाई सामुहिक सपथ ग्रहण गराए पश्चात कार्यक्रमका प्रमुख अथिती र अथितीहरुद्वारा नयाँ सदस्यहरुलाई रोटरी अंकित पिन, खादा र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रमाण पत्र वितरण कार्यक्रम सकिए लगत्तै कार्यक्रमका प्रमुख अथितीका बारे बनाईएको डकुमेन्ट्री प्रदर्शन गरिएको थियो ।

 

  • १९ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech