बनकट्टी र हिरमिनियाँमा अन्तरक्रिया

असल शासन प्रतिनिधि

डुडुवा/डुडुवा गाउँपलिका र बास नेपालगञ्जको साझेदारीमा सञ्चालित कार्यक्रम नागरिक सहायता कक्ष अन्तरर्गत डुडुवा गाउँपालिका वडा नं. ३ बनकट्टीमा जनगुनासो निवारण समम्बन्धि समुदाय स्तरीय अन्तरक्रिया सम्पन्न भएको छ ।

मंसिर १८ गते वडा कार्यालयमा आयोजना भएको अन्तरक्रियामा ७० जना स्थानीयहरुको सहभागीता रहेको थियो । अन्तरक्रियामा स्थानीयहरुले नागरिक सहायता कक्ष मार्फत आफुहरुले सोचे अनुरुप नै सेवा पाइरहेको बताएका छन् ।

अन्तरक्रियामा नागरिक सहायता कक्षका सहजकर्ता सरफुद्दिन खाँले आफुले सक्दो प्रयास गरेर सेवा दिने कार्य गरि रहेको बताएका छन् । यस्तै कार्यक्रमका सहभागी गौतम खटिकले सहेल्प डेस्क प्रभावकारी भएको बताए । नागरिक सहायता कक्षको बारेमा जानकारी दिने र स्थानीयहरुका गुनासाहरुको सम्बोधन गर्न सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको अन्तरक्रियाको सहजिकरण बासका नागरिक सहायता कक्ष संयोजक रबिन्द्र बोहराले गरेका थिए ।

यसैगरी गाउँपालिका र वडा कार्यालयमा आउने गुनासोहरुको न्यनीकरण गर्न तथा डुडुवा गाँउपालिका र बास नेपालगञ्जको साझेदारीमा सञ्चालित कार्यक्रम नागरिक सहायता कक्षको प्रचार प्रसार गर्ने उद्देश्यले हिरमिनियामा जनगुनासो निवारण सम्बन्धि अन्तरक्रिया गरिएको छ ।
मंसिर १८ गते वडा कार्यालयमा आयोजना गरिएको अन्तरक्रियामा ६० जना स्थानिय सेवाग्राही र वडा कार्यालयमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो । अन्तरक्रियामा बोल्दै स्थानीय अजय वर्माले आफुहरुले निःशुल्क रुपमा वडा कार्यालयबाट नागरिक सहायताको माध्यमबाट सेवा पाउँदा निकै खुसी लागेको बताए । यसै गरि अर्का सहभागी कँधैलाल पासीले आफु जस्ता केही पनि लेख्पढ् गर्न नसक्नेहरुकाले वडा कार्यालयमा स्थापना गरिएको नागरिक सहायता कक्षले निकै ठूलो राहत दिने गरेको बताए ।

अन्तरक्रियामा नागरिक सहायता कक्षका सहजकर्ता अस्मिता अधिकारीले आफुले काम गर्दै जाँदाका अनुभव राख्दै यसरी स्थानीयहरुको सेवा गर्न पाउँदा खुसीको महसुस हुने गरेको बताइन् । बास बाँके शाखाका सदस्य धर्मराज शर्माले सहजिकरण गरेको अन्तरक्रियामा नागरिक सहायता कक्षका जिल्ला संयोजक रबिन्द्र बोहराले अन्तरक्रियाको उद्देश्यमा जानकारी गराएका थिए ।

  • १९ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech