स्वयम् सेवक दिवसमा सद्भाव बाटिकाको सरसफाई

असल शासन प्रतिनिधि

नेपालगन्ज/अन्तराष्ट्रिय स्वयम् सेवक दिवसको अवसरमा बास स्वयम् सेवक समुहले बाटिका सरसफाई गरेको छ ।

नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २० को सहकार्यमा समुहले आज विहान नेपालगन्ज २० स्थित राझाँ चौकमा रहेको सद्भाव बाटिका सरसफाई गरेको हो । बाटिकामा उम्रिएको घाँस, झाडि सरसफाई गर्नुका साथै सो अवसरमा बाटिकामा रहेका फूलका विरुवा गोडमेल गरि सिचाई गरिएको थियो ।

सरसफाई कार्यक्रममा बोल्दै नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २० का अध्यक्ष कृष्ण कार्कीले वडामा सरसफाई कार्यक्रम आयोजना गरेकोमा बास स्वयम् सेवक समुहलाई धन्यबाद ज्ञापन गरे ।

सद्भाव बाटिकाले राझाँ चौकको शौन्दर्य बढाउनुका साथै बिश्राम स्थल समेत बनेको भन्दै बाससँग सहकार्य गरी बाटिकालाई थप ब्यवस्थित गर्ने उनले प्रतिबद्धता गरेका छन् ।

बर्ष भरी नै बास स्वयम् सेवक समुहले उत्कृष्ट स्वयम्सेवी काम गरिरहेको बताउदै अध्यक्ष कार्कीले स्वयम् सेवक दिवसको सबैलाई शुभकामना ब्यक्त गरे । बास बाँके शाखा अध्यक्ष रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा स्वागत बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेका थिए ।

सरसफाईमा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २० का अध्यक्ष कृष्ण कार्की, वडाका पदाधिकारीहरु, बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, निर्देशक हेमराज भट्ट, बास बाँके शाखा अध्यक्ष रबिन्द्र बोहरा, स्वयम् सेवक संयोजक शर्मिला थापा, इन्स्पाइरिङ्ग युथ कार्यक्रम संयोजक शोभा थापा मगर, कार्यक्रम सहायक शुद्ध प्रशाद चौधरी लगायत २५ बढी स्वयम् सेवाहरुको सहभागिता रहेको थियो ।

  • २० मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech