सुरक्षित बैदेशिक रोजगार बारे अन्तरक्रिया

असल शासन प्रतिनिधि

खजुरा/खजुरा गाउँपालिका वडा नं. २ मा सुरक्षित बैदेशिक रोजगार बारे अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

एकाउन्टविलिटि ल्याव र बासद्वारा गठित श्री सितापुर नमुना बैदेशिक रोजगार समुहको आयोजनामा सो अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको हो ।

समुहका संयोजक महेश्वर धितालको अग्रसरतामा गरिएको कार्यक्रममा समूहले हाल सम्म गरेका क्रियाकलापहरुको समिक्षा गर्दै आगामी योजना बारे छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै समुहका संयोजक धितालले समुहलाई थप मजबुत बनाउनका निम्ति सबै संगठित हुनुपर्ने बताए ।

अन्तरकृयाका सहभागिहरुले समूहलाई गाउँपालिकामा दर्ता गरि कार्य बढाउन दिएको सुझाव बमोजिम गाउँपालिकामा दर्ता गर्ने योजना सो कार्यक्रममा बनाईएको थियो ।

उक्त समूहले समूहका २० जना सदस्यहरुबाट मासिक बचत गर्दै आएका छन् । बचत रकम ३५ हजार बढि पुगेको समुहका कोषाध्यक्ष गंगा प्रसाद चपाईले बताए ।

कार्यक्रममा एकाउन्टबिलिटि ल्याबका सिएफए लोक बहादुर घर्ती लगायतको उपस्थिती रहेको थियो ।

  • २० मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech