बास डुडुवा उपशाखामा समसुद्धिन

असल शासन प्रतिनिधि

नेपालगन्ज । भ्रटाचार बिरुद्ध क्रियाशिल संस्था बासको डुडुवा उपशाखाको प्रथम साधारण सभा आज सम्पन्न भएको छ ।
बास डुडुवा उपशाखाको आयोजनामा डुडुवामा भएको साधारण सभाबाट समसुद्धिन खाँको अध्यक्षतामा १३ सदस्सीय नयाँ समिति चयन भएको छ । निर्विरोध चयन भएको समितिको उपाध्यक्षमा अजय कुमार बर्मा, सचिबमा धर्मराज शर्मा, सह सचिबमा ओमकार केवट र कोषाध्यक्षमा बिशाल शाही चयन भएको छन् । यसैगरी समितिको सदस्यहरुको क्रमशः राजेश हरिजन, दामिनी महावत, सिमा अन्सारी, पुनम केवट, अरविन्द कुमार रिजन, शान्त गिरी, पुष्पा खड्का र महेश बर्मा चयन भएकाछन् । यसरी निर्विरोध चयन भएको समितिको घोषणा निर्वाचन अधिकृत हेमराज भट्टले गरेका थिए । नब निर्वाचित समितिलाई आज नै बासका केन्द्रीय महासचिब शिव कुमार बर्मा, बास बाँके शाखाका अध्यक्ष रबिन्द्र बोहराले प्रमाण पत्र वितरण गरेका थिए ।
साधारण सभाको उद्घाटन कार्यक्रममा बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, महासचिब शिव कुमार बर्मा, बास बाँके शाखाका अध्यक्ष रबिन्द्र बोहरा, उपाध्यक्ष मनमोहन बर्मा, बासका जन सम्पर्क अधिकृत मुना बिष्ट, प्रशासन सहायक रुपा चौधरी, सहजकर्ता शोभा थापा मगर, सुनिता अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

  • २१ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech