सर्वोच्च शिखर सगरमाथाको उचाई घोषणा हुदै

असल शासन प्रतिनिधि

काठमाण्डौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई थपघटको आकलनका बिच सरकारले यहि मंसिर २३ गते उचाई घोषणा गर्ने भएको छ ।

पहिलो पटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाई मापन गरेको सरकारले उचाई घोषणा कार्यक्रमको लागि नापी विभागको कार्यालय मीनभवनमा सरोकारवालालाई सहभागिताका लागि पत्राचार समेत गरिसकेको जनाएको छ । २०१५ मा गएको विनाशकारी भूकम्पका कारण हिमाली भेगको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले यस अघि देखाएको थियो ।
सगरमाथाको उचाईको मापन नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा गरेका छन् । पछिल्लो पटक सगरमाथाको उचाई मापन सर्वे अफ इण्डियाले सन् १९५४ मा गरी विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८,८४८ कायम गरेको थियो । सगरमाथाको उचाइ मापन गर्ने कार्य आर्थिक वर्ष ०७५/०७६ बाट शुरु गरिएको थियो ।

  • २२ मंसिर २०७७, सोमबार प्रकाशित

  • Nabintech