नरैनापुरमा सामाजिक परीक्षण अभीमुखीकरण

असल शासन प्रतिनिधि

नेपालगन्ज । बाँकेको नरैनापुर गाँउपालिकामा सरोकारवालाहरुलाई सामाजिक परीक्षणका बिषयमा अभीमुखीकरण गरिएको छ ।
आर्थिक बर्ष २०७६/०७७ को गाँउपालिकाको सामाजिक परिक्षण कार्यक्रम गरिरहेको बासले पालिका स्थित गाँउ कार्यपालिका पदाधिकारी र कर्मचारीलाई आज अभीमुखीकरण गरेको हो । कार्यक्रममा सामाजिक परीक्षण के हो, सामाजिक परीक्षण किन गरिन्छ, सामजिक परीक्षणका उद्धेश्यहरु, सामाजिक परीक्षणका प्रक्रियाहरु लगायतका बिषयमा बासका निर्देशक हेमराज भट्टले जानकारी गराएका थिए ।
नरैनापुर गाँउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष शाहले गाँउपालिकाले गरिरहेको कामको प्रभावकारिता मापनका लागि भईरहेको सामाजिक परीक्षणमा आवश्यक सहयोग गर्न सबैलाई अनुरोध गरे । सामाजिक परिक्षणले गाँउपालिकाको सेवालाई थप प्रभावकारि बनाउन आवश्यक सुझाव दिने उनको अपेक्षा थियो ।

त्यसैगरी कार्यक्रममा बोल्दै गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजङ्ग शाहीले गाँउपालिकामा सुशासन र पारदर्शिता कायम गर्न सामाजिक परीक्षण जस्ता औजारहरु आवश्यक हुने बताए । हाल सम्म जे जस्तो काम गाँउपालिकामा भएपनि अब गाँउपालिका सुशासन र पारदर्शिता कायम गर्दै अगाडी बढ्ने भन्दै सबैको सहयोग र सहकार्य जरुरी हुने उनको भनाई थियो । सामाजिक परीक्षणले गाँउपालिकाको वास्तविक अवस्थाको चित्रण हुने उनको विश्वास थियो । सामाजिक परीक्षणले गाँउपालिकाको आन्तरीक मूल्यांकनमा समेत सहज हुने बताए । आगामी दिनमा सुशासन र पारदर्शिता प्रबद्र्धनमा गाँउपालिकाले काम गर्ने प्रमुख प्रशासकिय अधिृकत शाहीको प्रतिबद्धता थियो । बासका निर्वतमान अध्यक्ष मन भण्डारीले सहजिकरण गरेको कार्यक्रममा नरैनापुर गाँउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाह, प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजङ्ग शाही, वडा अध्यक्षहरु, गाँउकार्यपालिका सदस्य, शाखाका प्रमुखहरु गरि २५ जनाको सहभागिता रहेको थियो ।

 

  • २२ मंसिर २०७७, सोमबार प्रकाशित

  • Nabintech