भ्रष्टाचार बिरुद्धको सम्मेलनको तयारी पुरा

आज ११ बजे पूर्व प्रमुख सूचना आयुक्तले कार्यक्रमको उद्घाटन गर्ने

असल शासन प्रतिनिधि

नेपालगन्ज । भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवस तथा बासको २०औं बार्षिकोत्सबको अवसरमा नेपालगन्जमा हुने भ्रष्टाचार बिरुद्धको सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ ।
भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालगन्जको अगुवाईमा हुने सम्मेलनको आज विहान ११ बजे राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सुचना आयुक्त कृष्णहरी बास्कोटाले उद्घाटन गर्ने भएका छन् ।
कार्यक्रममा भ्रष्टाचार बिरुद्ध सचेतनामुलक मास्क बितरण गर्नुका साथै भ्रष्टाचार बिरुद्ध उल्लेख्य योगदान दिने दुई जना व्यक्तिहरुलाई भ्रष्टाचार बिरुद्ध नागरिक सम्मान प्रदान गरिनेछ भने एक जनालाई कोभिड १९ बिरुद्ध उल्लेख्य योगदान दिने व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । बासले संस्थाको बार्षिकोत्सबको अवसरमा बासका उत्कृष्ठ शाखा, कर्मचारी, स्वयंसेवकहरुलाई सम्मान गर्ने कार्यक्रम तय गरेको छ ।
Recover With Integrity  भन्ने नाराका साथ बिश्वभर मनाउन थालिएको यस बर्षको भ्रष्टाचार बिरुद्धको दिवस कोभिड १९ को जोखिमलाई मध्येनजर गरि भौतिक दुरी कायम गरि गर्ने बासले तयारी गरेको छ ।
हरेक बर्ष भ्रष्टाचार बिरुद्धका विभिन्न कार्यक्रमहरु गरि दिवस मनाईरहेको बासले यस बर्ष सम्मेलन गर्न लागेकोे हो । सम्मेलनको तयारीका लागि बासले केन्द्रीय उपाध्यक्ष लुना बुढाथोकीकोे संयोजकत्वमा २३ सदस्सीय मुल समिति गठन गरेको थियो ।
२००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसँघिय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसँघिय महासन्धि पारित भएको थियो । कुल १३४ राष्ट्रले हस्ताक्षर गरि महासन्धि पारित गरेको दिनलाई भ्रष्टाचार बिरुद्ध अन्तराष्ट्रिय दिवसको रुपमा बिश्व भर मनाउने गरिएकोछ । सोही क्रममा नेपालमा पनि सो दिवस मनाईदै आएको छ ।

 

  • २४ मंसिर २०७७, बुधबार प्रकाशित

  • Nabintech