भ्रष्ट्राचारीको साथ र समर्थन नगर्न नागरिक अपिल

मेयर र सिडीओलाई नागरिक सम्मान

असल शासन प्रतिनिधि

नेपालगन्ज । भ्रष्टाचारीको साथ र समर्थन नगर्न आम नागरिकहरुलाई राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरी वास्कोटाले अपिल गरेका छन् ।
भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवस तथा बासको २०औं बार्षिकोत्सबको अवसरमा आज नेपालगन्जमा आयोजित भ्रष्टाचार बिरुद्धको सम्मेलनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बास्कोटाले यस्तो अपिल गरेका हुन् । नेपाल पछिल्लो समय भ्रष्ट मूलुकको सूचिमा अग्रस्थानमा आउनु निकै दुःखद भएको भन्दै भ्रष्टाचार न्युनिकरणमा सार्वजनिक निकायमा बसेका ब्यत्ति र नागरिक दुबैको भूमिका महत्वपूर्ण हुने उनको भनाई थियो । उनले इमान्दारीता पूर्बक जिम्मेवारी बहन गर्ने व्यक्ति लाई नागरिक सम्मान गर्ने संस्कारको विकासले असल कर्मचारीको आत्मवल बढाउने बताए ।सबै राष्ट्र सेवकले म भ्रष्टाचार गर्दैन र गर्न दिदैन भन्ने अठोट लिनुपर्ने भन्दै आम नागरिकहरुलाई भ्रष्टाचार न्यूनीकरण गर्न सूचनाको हकको भरपुर प्रयोग गर्न अनुरोध गरे ।
त्यसैगरी कार्यक्रममा बोल्दै नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाले जनता स्वयम् सचेत र सजग नभएसम्म भ्रष्टाचार न्यूनीकरण हुन नसक्ने धारणा राखे । निश्वार्थ समाज सेवामा लागेको बताउदै कार्यक्रममा अतिथि राणाले बासले गरेको सम्मानले सुशासन प्रबद्र्धनमा थप जिम्मेवार बनाएको बताए । उनले नेपालगन्ज उपमहानगरपालिकामा सुशासन र पारदर्शिता कायम गर्न प्रतिबद्ध रहेको बताए ।
यसैगरी कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले बाँके जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाले पश्चात सुशासन कायम पहिलो प्राथमितामा राखेको बताए । सरकारी संरचनाहरु जनमैत्री नभएको बताउदै जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीमैत्री प्रतिक्षालय लगायतका कार्यहरु गरेको बताए । भ्रष्टाचार बिरुद्धको नागरिक सम्मानले निकै खुसीलागेको भन्दै आगामी दिनमा सुशासन र पारदर्शिताका लागि प्रतिबद्धता रहने बताए । जिल्ला कोभिड फोकल पर्सन नरेश श्रेष्ठले कोरोना बिरुद्ध गरेको कामको मूल्यांकन गर्दै बासले गरेको सम्मानले मनोवल उच्च बनाएको बताए । कार्यक्रममा बासका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिना, गैर सरकारी संस्था महासँघ बाँके शाखाका सचिब आशिष बर्मा नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिब चिरन्जीवि वली लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
भ्रष्टाचार बिरुद्ध नागरिक सम्मान, कोभिड बिरुद्ध उत्कृष्ट कार्यगर्ने एक जनालाई सम्मान तथा बासका उत्कृष्ट शाखा, कर्मचारी र स्वयम् सेवकलाई सम्मान गरेको कार्यक्रममा सम्मानीत ब्यक्तित्वहरुका बारेमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी गराएका थिए । बासका केन्द्रीय महासचिब शिब कुमार बर्माले सञ्चालन गरेको कार्यक्रममा स्वागत बासका उपाध्यक्षले गरेका थिए भने धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेका थिए ।
बासको आयोजना तथा एकाउन्टविलिटील्याब, कारितास नेपाल, प्लान इन्टरनेशनल, गैसस महासँघ नेपाल बाँके शाखा, रोटरी क्लब अफ सेन्ट्रल नेपालगन्ज, बि ग्रुप, शिप नेपाल, राष्ट्रिय युवा महासँघ नेपालबाँके शाखा र रक्षक सेक्युरिटीको सहयोग तथा सहकार्यमा भएको कार्यक्रममा राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटा, लुम्बीनी प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमाल, कृष्णा केसी (नमुना), नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणा, बाँकेका प्रमुख जिल्ला अधिकारी, राम बहादुर कुरुम्वाङ्ग, बासका संस्थापक सल्लाहकार, बास, रुद्र प्रसाद तिमिल्सिना, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख भेषराज, गैर सरकारी संस्था महासँघ बाँकेका सचिब आशिष बर्मा, नेपालगन्ज उद्योग बाणिज्य संघका महाचिब चिरन्जीवि ओली, विभिन्न सरकारी कार्यालयका प्रमुख, संघ संस्थाका प्रमुखको सहभागिता रहेको थियो ।
मेयर र सिडीओलाई नागरिक सम्मान
बासले भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवस तथा बासको २०औं बार्षिकोत्सबको अवसरमा आफु कार्यरत क्षेत्रमा सुशासन प्रबद्र्धनमा उत्कृष्ट कार्यगर्ने २ जनालाई भ्रष्टाचार बिरुद्ध नागरिक सम्मान गरेको छ । कार्यक्रमका बिच नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणा र बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्ग लाई भ्रष्टाचार बिरुद्धको नागरिक सम्मान प्रदान गरिएको हो । यसैगरी बाँके जिल्लामा रही कोभिड न्यूनिकरणमा उत्कृष्ट कार्य गरे बापत जिल्ला कोभिड फोकल पर्सन नरेश श्रेष्ठलाई सम्मान गरिएको छ । सम्मानीत ब्यक्तिलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटा, लुम्बीनी प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमाल, कृष्णा केसी (नमुना)ले दोसल्ला र सम्मान पत्रद्धारा सम्मान गरेका थिए ।
यसैगरी बाँसले भ्रष्टाचार बिरुद्धको अभियानलाई जिल्ला स्तरमा सशक्त रुपमा अगाडी बढाएका बासका उत्कृष्ट ३ शाखालाई नगद सहित सम्मान गरिएको छ । यसरी सम्मानित हुने उत्कृष्ट शाखाहरुमा प्रथम बास बाँके शाखा, द्धितिय रुपन्देही शाखा र तृतीय बास स्याङजा शाखा रहेका छन् । सम्मानित हुने शाखाहरुले क्रमशः नगद रु. ५ हजार, ३ हजार र २ हजार सहित सम्मान पत्र प्राप्त गरेका छन् ।
कार्यक्रमको अवसरमा बासले आन्तरीक तर्फ बासका प्रशासन सहायक रुपा चौधरी, हेल्पडेस्क तर्फ नेपालगन्ज उप–महानगरपालिकामा कार्यरत हेल्पडेस्क सहजकर्ता सिन्धु धर्कत्वा र राप्ती सोनारी गाँउपालिकामा कार्यरत हेल्पडेस्क सहजकर्ता बिनकलाल थारु लाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान पत्र सहित सम्मान गरेको छ । भने शुसिला थारु र सुरज गुप्तालाई उत्कृष्ट स्वयम् सेवकको रुपमा सम्मान गरको छ । सम्मान कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटा लगायत अतिथिहरुले संयुक्त रुपमा गरेका थिए ।

 

  • २४ मंसिर २०७७, बुधबार प्रकाशित

  • Nabintech