जिल्ला, जिल्लामा सुरक्षा गोष्ठी

असल शासन प्रतिनिधि

बाँके/कोरोना भाइरस कोभिड १९को संक्रमणका कारण लुम्बिनी प्रदेश सरकारले जिल्लागत रुपमा सुरक्षा गोष्ठी गर्न थालेको छ । सोही क्रममा बाँके जिल्लाको सुरक्षा गोष्ठि शुक्रवार सम्पन्न भएको छ ।

बाँके जिल्लाको समग्र सुरक्षा अवस्थाका विषयमा प्रदेश सरकारले बाँकेमै गोष्ठि गरेकोृ हो ।

बाँके जिल्लाका सबै सुरक्षा प्रमुखहरुको सहभागितामा भएको गोष्ठिको उद्घाटन लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले गरेका थिए ।

के.सी.ले उद्घाटन गर्दै सबै जिल्लामा पुगि त्यहाँको समग्र सुरक्षा स्थितीका बारेमा गहन अध्ययन गर्ने उद्धेश्यले जिल्ला स्तरमा गोष्ठि आयोजनना गरेको बताए ।

जिल्लास्थित सुरक्षा निकायका सबै अङ्गहरुको उपस्थितिमा नेपालगन्जमा भएको सुरक्षा गोष्ठीमा सुरक्षा चुनौती, कोभिड–१९ को अवस्था लगायतको विषयमा छलफल भएको थियो ।

गोष्ठिमा सुरक्षाको अवस्था, सबै सुरक्षा युनिटहरुको अवस्था, भौतिक संरचनाको अवस्था, विकास, अपराध, सीमाको अवस्था बारे छलफल भएको जनाईएको छ ।

गोष्ठीमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रबिलाल पन्त, उपसचिव केदार कोईराला, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना, नेपाली सेना भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी नकुल थापा, सशस्त्र प्रहरी उपरीक्षक अशोक बम, अनुसन्धानका एसपी नरेन्द्र गिरी लगायत सुरक्षा अधिकारीहरुको उपस्थिति रहेको थियो ।

यसअघि आन्तिरिक मामिला मन्त्री केसीले बाँकेको नरैनापुर गाउँपालिका अन्तरगतको सुईया नाका पुगेर त्यहाँको अवस्थाको अवलोकन गरेका थिए ।

  • २६ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech