दुई लाख बढि रकमको अबैध सामाग्री बरामदद

असल शासन प्रतिनिधि

नेपालगञ्ज/भारतबाट ल्याउँदै गरिएको ठुलो परिमाणको अवैध सामग्री सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बलको ३० नम्बर गणले भारतको रुपैडिया हुँदै जमुनाहा नाकाबाट भित्रिँदै गरेको अवैध कपडा लगायतका सामग्री नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको नेतृत्वको गस्ती टोलीले शुक्रवार बिहान ४ बजे उक्त सामागिै नियन्त्रणमा लिएको सशस्त्रले जनाएको छ ।

बरामद गरिएका अवैध सामग्रीहरुमा १९३ मिटर सुटको थान कपडा, उलनका सादा कपडा, उलन प्रिंटेड कपडा, १४ दर्जन बेल्ट, १२ मिटर रेग्जिन र ३० जोर जुत्ताको पाता रहेका छन् ।

बरामद गरिएका अवैध सामग्रीको मूल्य २ लाख ६१ हजार ५४३ रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्रले बरामद गरिएका सामानलाई नेपालगञ्ज भन्सार कार्यालयमा बुझाईएको छ ।

  • २६ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech