बासको ३६ औं पूर्णकालिन बैठक सम्पन्न, बिभिन्न निर्णयहरु पारित

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ बासको ३६ औं पूर्णकालिन बैठक बिभिन्न महत्वपूर्ण निर्णयहरु पारित गर्दै शुक्रवार बाँकेको गाभर भ्यालीमा सम्पन्न भएको छ ।

नियमित रुपमा चार महिनाको एक पटक हुने पूर्णकालिन बैठक यस पटक बाँकेृ शाखाको आतिथ्यतामा गाभरमा सम्पन्न भएको हो ।

बैठकले बासले देशभर गरिरहेका कार्यहरुको समिक्षा गर्दै बैठकमा पेश भएका साँगठनिक, आर्थिक र प्रगति प्रतिबेदन अनुमोदन गरेको थियो ।

बैठकले रिक्त केन्द्रीय सदस्य पदमा बास रुपन्देही शाखाकी कोषाध्यक्ष दिक्षा बोहरालाई मनोनित गरेको छ भने कार्यबाहक कोषाध्यक्षकोृ जिम्मेवारी केन्द्रीय सदस्य दिला शाहलाई दिएको छ ।

शाखा पदाधिकारीहरुलाई सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षण सहजिकरण तालिम आयोजना गर्ने निर्णय गरेको बैठकले कोरोना कहरका भोगाईहरु सम्वन्धि पुस्तक प्रकाशन गर्ने योजना समेत बनाएको छ ।

बैठकले २१ वटा अधिबेशन हुन बाँकी शाखाहरुको अधिबेशन चार महिना भित्र गर्न शाखाहरुलाई निर्देशन दिने, ३७ औं पूर्णकालिन बैठक बर्दिया शाखाको आतिथ्यतामा बर्दियाको गुलरियामा २०७७ चैत्र १३ र १४ गते गर्ने निर्णय गरेको छ ।

अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन महासचिव शिब कुमार बर्माले गरेका थिए भने स्वागत उपाध्यक्ष लुना बुढाथोकीले गरेकि थिईन् ।

  • २७ मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech