हामीमाझ रहिनन् ‘चाची’

असल शासन प्रतिनिधि

१० बजे सिधनियाघाटमा अन्त्येष्टि

नेपालगन्ज– कमलादेवी गुप्ता ‘चाची’को शुक्रबार निधन भएको छ । नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष समेत रहेका प्रेस स्वतन्त्रता सेनानी एवम् बाँकेका वरिष्ठ पत्रकार स्वर्गीय पन्नालाल गुप्ताकी धर्मपत्नी कमलादेवी ‘चाची’ को ८४ वर्षको उमेरमा निधन भएको हो ।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८, निवासी ‘चाची’ केहीसमय अघिदेखि मस्तिष्कघात समस्याले ग्रसित थिइन् । नेपालगन्ज उपमहानगरापालिकाका पूर्व मेयर समेत रहेका ‘चाची’ छोरा विजय गुप्तका अनुसार उनको धार्मिक विधिपूर्वक शनिबार बिहान १० बजे बाँकेको कम्दीस्थित सिधनियाघाटमा अन्त्येष्टि गरिनेछ ।

दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै असल शासन पोष्ट परिवार भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछ । साथै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भनि हार्दिक समवेदना प्रकट गर्दछौं ।

 

  • २७ मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech