करणी मुद्दामा फरार अभियुक्त दशक पछि पक्राउ

असल शासन प्रतिनिधि

करणी मुद्दामा फरार अभियुक्त दशक पछि पक्राउ

बाँके/जबरजस्ती करणी मुद्दामा फरार रहेका एक अभियुक्त एक दशक पछि प्रहरीको फन्दामा परेका छन् ।

२०६६ कार्तिक २७ गते बाँकेको साविक काँलाफाँटा गा.वि.स.वडा नं.३ मा बस्ने ७ वर्षिया बालिका लाई जरबस्ती करणी गरि फरार रहेका हेमन्त कुमार शर्मा ११ बर्षपछि पक्राउ परेका हुन् ।

बाँके जिल्ला अदालतले शर्मालाई २०६८ असार ३१ गते १० वर्ष कैद सजाय गरेको थियो ।

अदालतको आदेश भएपनि फरार ३४ बर्षिय शर्मालाई मंसिर २२ गते ईलाका प्रहरी कार्यालय भगवानपुरको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

 

  • २७ मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech