हराएको लाखौं रकम फेला

असल शासन प्रतिनिधि

बाँके/हराएको रकम फेला परेका घटनाहरु बिरलै सुन्न पाईन्छ तर प्रहरीले सक्रियता देखायो भने सो कुरा सम्भव रहेछ भन्ने कुराको पुष्टि गरिदिएको छ बाँके प्रहरीले ।

प्रसंग मंसिर २२ गते दाङ घोराही उपमहानगरपालिका वडा नम्वर ५ धर्ना वस्ने ५४ बर्षिय दत्त बहादुर नाथको हो । उनी भारतबाट काम गरी घर फर्कने क्रममा नेपालगंज पुष्पलाल चोक बाट कारकाँदो चोक सम्म रिक्सामा जाने क्रममा निजको सात लाख चालिस हजार रकम भएको झोला रिक्सामानै छुटेको थियो ।

जानकारी अनुसार नाथले सो बिषयमा जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी गरेका थिए । उजुरी पश्चात बाँके प्रहरीले प्रहरी निरिक्षक ईश्वर देव गिरीको कमाण्डमा अनुसन्धान टोली खटाएको थियो । टोलीले नेपालगंज उपमहानगरपालिका वडा नं.१४ वस्ने देशराज बर्माले चलाउने गरेको भे १ ह ५०१९ नं.को अटो रिक्सामा फेला पारी निज नाथलाई बुझाईसकिएको प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रहार गर्नेहरु पक्राउ

यसैगरी जिल्ला प्रहरी कार्यालय बाँकेले धारिलो हतियार प्रहार गर्ने चार जनालाई पक्राउ गरेको छ ।

बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्वर २० मदनापुर स्थित जित कुमार श्रेष्ठको घरमा स्थानीय २८ बर्षिय रमेश बुढाथोकीलाई ज्यान मार्ने मनसायले प्रहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मंसिर २२ गते बिबाह घरमा भएको बिबादका क्रममा लाठि, चिर्पट लगायतका बस्तुले प्रहार गर्ने दिनेश पुरी, धर्म वली, सुरज कुँवर र उमेश घर्ति मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

निजहरुलाई मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ अनुसार कार्वाही हुनेछ । अनुसन्धानका क्रममा अभियोग पुष्टि भएमा १० वर्ष सम्म कैद र एक लाख सम्म जरिवाना हुन सक्ने छ ।

 

  • २७ मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech