कोरोनाका कारण अधिकृत बिष्टको निधन

असल शासन प्रतिनिधि

नेपालगन्ज/कोरोना भाइरस संक्रमणबाट नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा शाखा अधिकृत दानबहादुर विष्टको निधन भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका ४ का ५२ वर्षीय विष्टको उचपारका क्रममा भेरी अस्पतालमा आइतवार बिहान निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि विष्टको मंसिर २४ गते कोरोना परीक्षण गरिएकोमा मंसिर २५ गते उनमा पोजेटिभ पुष्टि भएको थियो ।
कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था सामान्य नभएपछि वहाँलाई मंसिर २६ गते भेरी अस्पतालको कोभिड कक्षमा भर्ना गरिएको परिवारले जनाएको छ ।

रोगको प्रकृतिअनुसार, सबै प्रकारको उपचार गर्दा गर्दै विष्टको आईतवार विहान ३ः३० बजे निधन भएको भेरी अस्पतालले पुष्टि गरेको छ ।
२०५० सालमा जाल्पादेवी मावि ढाँकु अछामबाट शिक्षण पेशा सुरु गरेका थिए भने २०६० देखि उनी निजामति सेवामा प्रवेश गरेका थिए । बिष्टका श्रीमती सहित तीन छोरा र एक छोरी छन् ।

विष्टको निधनप्रति बाँके स्थित शिक्षक संघसंगठन लगायत शुभचिन्तकहरुले दुःख व्यक्त गरेका छन् । स्थायी घर अछाम भएका उनी हाल नेपालगन्जमै बस्दै आएका थिए ।

  • २८ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech