जमुनाहा नाकामा स्थायी हेल्थडेस्क

असल शासन प्रतिनिधि

नेपालगन्ज/ कोभिड १९ तथा सक्रामक रोगको नियन्त्रणका लागि नेपालगन्जको जमुनाहा नाकामा स्थायी हेल्थडेस्क स्थापना हुने भएको छ ।

प्रयोग शाला समेतको सुविधा रहने हेल्थडेस्कको सोमबार नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दसहितको टोलीले निर्माण स्थलको स्थलगत अनुगमन गरेको छ ।

नाकामा स्थायी संरचना निर्माण गर्न समय लाग्ने भएका कारणले स्थायी संरचना तयार नहुेञ्जलसम्म स्वास्थ्यका लागि सक्षम प्रणाली नामक संस्थाको अस्थायी संरचनामा हेल्थ डेस्कको काम शुरु गर्ने तयारी नगरपालिकाले गरिरहेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

हेल्थडेस्कका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्यकर्मीको दरबन्दी स्वीकृत गरिसकेको छ । संरचना निर्माणको लागि ५० लाख विनियोजन भईसकेको छ ।

 

  • ३० मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech