उखु मिल सञ्चालकलाई पक्राउ गर्न गृहको निर्देशन

असल शासन प्रतिनिधि

काठमाण्डौं / उखु किसानहरुले राजधानि केन्द्रीत आन्दोलन चर्काईरहेका बेला सरकारले बक्यौता भुक्तानी नगर्ने मिल सञ्चालकलाई पक्राउ गर्न निर्देशन दिएको छ ।
गृह मन्त्रालयले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने चार चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न सम्बन्धीत जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो । गृह मन्त्रालयमा आज भएको बैठकले इन्दिरा सुगर मिल नवलपरासी, लुम्बिनी सुगरमिल नवलपरासी, अन्नपूर्ण सुगरमिल सर्लाही र श्रीराम सुगरमिल रौतहटका सञ्चालकलाई पक्राउ गर्न निर्देशन दिइएको गृह श्रोतले जनाएकोछ ।

  • ३० मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech