कर्मचारीलाई फोटोग्राफि अभिमुखिकरण

असल शासन प्रतिनिधि

नेपालगन्ज । बास केन्द्रीय कार्यालय नेपालगन्जमा कार्यरत कर्मचारीलाई फोटोग्राफि सम्बन्धी अभिमुखिकरण गरिएको छ ।
बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले आज कर्मचारीलाई फोटोग्राफि सम्बन्धी अभिमुखिकरण गरेका हुन् ।

बास केन्द्रय कार्यालयमा भएको अभिमुखिकरणमा फोटो खिच्दा ध्यान दिनुपर्ने कुरा, कस्तो फोटो उत्कृष्ट हुन्छ, फोटो खिच्दा बिर्सन नहुने कुरा लगायतका बिषयमा अभिमुखिकरण सँगै प्रयोगात्मक समेत गराएका थिए ।

बासका आफ्ना पदाधिकारी, कर्मचारी तथा सदस्यका लागि क्षमता अभिबृद्धीका तालिम तथा कार्यक्रमहरु विभिन्न समयमा सञ्चालन गर्दै आएको छ ।

  • १ पुष २०७७, बुधबार प्रकाशित

  • Nabintech