बर्दिया बाँसगढीमा बासको उपशाखा

असल शासन प्रतिनिधि

बर्दिया / भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बासले बर्दियाको बाँसगढीमा उपशाखा विस्तार गरेको छ ।
बाँसगढीमा आज बसेको युवाहरुको भेलाले राज सिंह थारुको अध्यक्षतामा ११ सदस्सीय समिति गठन गरेको छ । यसरी गठित उपशाखाको उपाध्यक्षमा पुनम थापा, सचिबमा सृजना सुवेदि, सह-सचिबमा हिना जागा र कोषाध्यक्षमा सरस्वती अधिकारीलाई चयन गरेको छ ।

यसैगरी उपशाखाको सदस्यहरुमा क्रमशः हिरामणी उपाध्याय, सुरेन्द्र थारु, राधिका अधिकारी, पुजा अधिकारी, निशा शाह र प्रकाश बि.क रहेका छन् ।
उपशाखा गठन बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, महासचिब शिव कुमार बर्मा, सचिब खुमेस सुबेदी, कार्यकारी निर्देशक नमस्कार शाहको उपस्थितीमा भएको थियो । नवगठित उपशाखा अध्यक्ष थारुले बासगडीमा युवाहरुलाई एकताबद्ध गरि भ्रष्टाचार बिरुद्धको अभियानलाई सशक्त रुपमा अगाडी बढाउने प्रतिबद्धता गरेका छन् ।

  • १ पुष २०७७, बुधबार प्रकाशित

  • Nabintech