सरकारी तलब, पेन्सन खानेको सामाजिक सुरक्षा भत्ता रोक्नु : गृह मन्त्रालय

असल शासन प्रतिनिधि

काठमाडौं । कानुन अनुसार रोकिनुपर्ने सुविधा केही स्थानीय तहमा वितरण भइरहेको सूचना पश्चात गृह मन्त्रालयले बुधबार देशभरका स्थानीय तहहरुलाई एक परिपत्र गरेको छ । सरकार र सरकारी स्वामित्वका संघ संस्थाबाट सेवा सुविधा लिने व्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता रोक्न गृहले स्थानीय तहहरूलाई परिपत्र गर्दै निर्देशन दिएको हो ।

‘नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह अथवा यिनीहरूको पूर्ण वा आंशिक स्वामित्व रहेको कुनैपनि संस्थाबाट नियमित तलब, पेन्सन, अवकाश सुविधा अथवा अन्य सुविधाहरु पाइरहेका व्यक्तिलाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ता रोक्नू’, गृहले गरेको परिपत्रमा भनिएको छ ।

सरकारले यसअघि नै सरकारी सुविधा लिइरहेकाहरुको दोहोरो सुविधा रोक्ने निर्णय लिइसकेको थियो । तर अझै पनि सरकारी सुविधा लिनेहरूले दोहोरो सुविधा उपभोग गरिरहेको गुनासो आएपछि गृहले यस्तो परिपत्र गरेको जनाईएको छ । यदि त्यस्तो सुविधा कानुनविपरीत लिइरहेको भेटिएमा लाभग्राहीको विवरण रुजु गरी दोहोरो सुविधा हटाउन समेत गुहले स्थानीय तहलाई निर्देशन दिएको छ ।

  • २ पुष २०७७, बिहीबार प्रकाशित

  • Nabintech