सामाग्री अभावमा रहेको प्रसुती कक्षलाई सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज / आवश्यक सामाग्रीको अभावका बिच सेवा प्रवाह गरिरहेको नेपालगन्जको मनिकापुर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
स्वास्थ्य चौकीले प्रसुती सेवा कक्षमा सामाग्रीको अभावमा काम गरिरहेको भन्ने खबर आएपछि आज बास नेपालगन्जको अगुवाईमा सो सामाग्री हस्तान्तरण गरिएको हो । बासका सहजकर्ता शोभा थापा मगर, कार्यक्रम सहायक शुद्ध प्रसाद चौधरी, ईन्र्टन श्रुती चौधरी र रोटरीक्लब अफ सेन्टर नेपालगन्जका अध्यक्ष पुरन थारु, उपाध्यक्ष माधवी शाहले नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २० का अध्यक्ष कृष्ण कार्की र स्वास्थ्य चौकी ईन्चार्ज बिरजंग शाही र स्वास्थ्य चौकीका अनमी आशा सार्कीलाई सामाग्री हस्तान्तरण गरिएको हो । यसरी हस्तान्तरण गरिएका सामाग्रीहरुमा १२ थान पिपिई, ७ थान न्यानो कम्बल, २०० पिस सर्जिकल मास्क, २ थान हिटर सहयोग हस्तान्तरण गरिएको हो ।

यसरी हस्तान्तरण गरिएका सामाग्री सहयोग जिल्ला प्रशासन कार्यालय, बाँके, बास नेपालगन्ज, रोटरी क्लब अफ सेन्टल नेपालगन्जको सहयोगमा गरिएको थियो ।
मनिकापुर स्वास्थ्य चौकीमा जानकीको बेलहरी, कारकादो, बसुदेवपुर र मनिकापुर लगायतका स्थानबाट गर्भवति महिलाहरु प्रसुतीका लागि आउने गर्दछन् । चालु आर्थिक बर्षको साउन देखि हाल सम्म १०९ जना गर्भवति महिलाले प्रसुती सेवा लिईसकेको स्वास्थ्य चौकीका अनमी आशा सार्कीले बताईन् । यसरी सामाग्री हस्तान्तरण पश्चात सुत्केरी का लागि आउने महिला र प्रसुती कक्षका कर्मचारीहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।

  • २ पुष २०७७, बिहीबार प्रकाशित

  • Nabintech