हिंसा पीडित महिलाहरुलाई सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज/दलित महिला संघ (फेडो) नेपालगन्ज बाँकेले हिंसा पीडित महिलाहरूलाई आर्थिक सहयोग गरेको छ ।
हिंसाबाट प्रताडित भएका महिलाहरूको आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले ७ जना महिलाहरूलाई लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत आर्थिक सहयोग गरिएको हो । उनीहरूलाई जनही १०, १० हजार डिसिएको सहयोगमा उपलब्ध गराइएको फेडोले जनाएको छ । सहयोग पाउनेमा खजुरा गाउँपालिका बाँकेकी चन्द्रमाया विश्वकर्मा, डुडुवा गाउँपालिका वडा नम्बर ५ की देवी दमाई, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ की दिपा बादी, बुद्धिकुमारी नेपाली, कोहलपुर नगरपालिका वडा नम्बर ९ की जैवुला नाथ, बैजनाथ गाउँपालिका वडा नम्बर ८ की नैनसरा नेपाली र खजुरा गाउँपालिका ७ की देवी नेपाली रहेका छन् । उक्त सहयोगबाट महिलाहरूले व्यवसाय गर्ने योजना बनाएको फेडोले जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा फेडो बाँकेकी अध्यक्ष निर्मला सुनार, गैसस महासंघ नेपाल, बाँकेका उपाध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, खजुरा गाउँपालिकाका कार्यपालिका सदस्य भागिरथ सुनार, खजुरा वडा नम्बर ७ का महिला सदस्य पूर्णिमा सुनारलगायतको उपस्थिति रहेको थियो ।

  • ३ पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech