ब्राउनसुगर सहित पक्राउ

असल शासन प्रतिनिधि

नेपालगञ्ज/४४ ग्राम ५२० मिलिग्राम ब्राउसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके र लागु औषध नियन्त्रण व्युरो नेपालगंज शाखा बाट खटिएको प्रहरी टोलीले कोहलपुर नगरपालिका वडानम्वर १२ का ईन्द्रमणि गौतमलाई शुक्रवार पक्राउ गरेको हो ।

कोहलपुर नगरपालिका वडा नं.११ एनटिभि रोडमा लागु औषध ब्राउनसुगरको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा प्रहरीले तलासी लिने क्रममा उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, गौतमले लगाएको पाईन्टको खल्तीमा सेतो प्लाष्टिक भित्र ब्राउनसुगर भेटिएको थियो । प्रहरीले उनबाट डिजिटल मेसिन समेत बरामद गरेको छ ।

गौतम जाजरकोट जिल्लामा लागू औषध चरेस मुद्दामा पक्राउ परी १८ महिना कैद भुक्तान गरी छुटेको खुल्न आएको छ ।

उनलाई लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार १० देखी १५ बर्ष कैद र ७५ हजार देखि २ लाख सम्म जरिवाना हुन सक्नेछ भने पटकेको रुपमा उक्त सजायमा थप ५ बर्ष समेत सजाय हुन सक्ने प्रहरीलाई जनाएको छ ।

  • ५ पुष २०७७, आईतवार प्रकाशित

  • Nabintech