प्रधानमन्त्रीद्धारा संसद विघठनको सिफारिस

असल शासन प्रतिनिधि

काठमाण्डौं ।
आईतबार बिहान मन्त्रिपरिषदको बैठक डाकेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् ।
बिहान करिब पौने दश बजे अकस्मात मन्त्रीपरिषदको बैठक बोलाएका प्रधानमन्त्रीले ताजा जनादेशका लागि भन्दै संसद विघटनको प्रस्ताव पास गरेका थिए । नेपालको संविधानको धारा ७६ मा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेमा मिलिजुली सरकार गठन हुन नसकेमा वा कुनै पनि प्रधानमान्त्रीले संसदमा विश्वासको मत पाउन नसकेको अवस्थामा मात्र संसद विघटन गर्न पाइने प्रावधान छ । यसरी संसद विगठनको अधिकार प्रधानमन्त्रीलाई नभएको जानकारहरु बताउछन् ।
प्रधानमन्त्रीले संसद विगठन गर्ने प्रस्ताव लगेसँगै नेपालको राजनिति पुनः तरंगित भएको छ ।

  • ५ पुष २०७७, आईतवार प्रकाशित

  • Nabintech