प्रतिनिधि सभा विघठन, बैशाखमा निर्वाचनको घोषणा

असल शासन प्रतिनिधि

काठमाण्डौं । राष्ट्रपति समक्ष पेश भएको संसद विगठनको प्रस्ताव स्विकार गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गरेको जानकारी राष्ट्रपति कार्यालयका प्रबक्ता बद्रिनाथ अधिकारीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा जनाईएको छ। बिज्ञप्तीमा भनिएको छ ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन गर्ने गरि निर्वाचनको मिति तोक्नु । संसद विगठनको प्रस्ताव राष्ट्रपति समक्ष पेश भएपछि प्रस्ताव फिर्ता हुने अपेक्षाका बिच संसद विगठन भएपछि नेपालको राजनितिमा ठुलो तरंग फैलिएको छ । प्रधानमन्त्रीद्धारा भएको यो कदमको सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरित काम भएको बताउदै आएका छन् ।

  • ५ पुष २०७७, आईतवार प्रकाशित

  • Nabintech