मण्टेश्वरीमा बुढाथोकी

असल शासन प्रतिनिधि

 

मण्टेश्वरी एशोशियसन बाँकेको प्रथम साधारण सभा गैर सरकारी संस्था महासंघ बाँकेको सभा हलमा सम्पन्न भएको छ । एशोशियसनकी सचिव प्रभा थापा मगरले सञ्चालन गरेको साधारण सभामा तदर्थ समितिकी अध्यक्ष लुना बुढाथोकीले तदर्थ समिति विघटनको घोषणा गर्दै बाँकी कार्यभार पूरा गर्न निर्वाचन मण्डलका वरिष्ठ पत्रकार पूर्णलाल चुके संयोजक, सदस्यमा पत्रकार केपी घिमिरे र समाजसेवी तथा बासका केन्द्रीय सदस्य दिला शाहले सक्रिय भूमिका निर्वाह गरेका थिए ।
नयाँ कार्य समितिमा अध्यक्ष लुना बुढाथोकी, उपाध्यक्ष दुर्गा बजगाई, सचिव प्रभा थापा मगर, कोषाध्यक्ष खिमा थापा मगर, सह–सचिव निशा शर्मा, सह–कोषाध्यक्ष सीता पौडेल र सदस्यमा मिता थैव, निता गुप्ता र मिना घर्ती रहेका छन् ।
नव निर्वाचित अध्यक्ष बुढाथोकीले कोभिड–१९ को महामारीले स्थिति असहज भई सोचे अनुरूपको काम गर्न नसकेता पनि सबैको साथ र सहयोगले विगतमा केही हदसम्म सफल भएको र आउने दिनमा पनि सोही सहयोगको अपेक्षा राखेको बताइन् ।

एशोशियसन बाँकेका अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको साधारण सभामा मण्टेश्वरी एशोसियसन बाँकेका सल्लाहकार तथा वरिष्ठ पत्रकार पूर्णलाल चुके, समाजसेवी दिला शाह, बासका निर्देशक हेमराज भट्ट, मानवता नेपाल बाँकेकी अध्यक्ष अम्बिका काफ्ले, इन्जिनियर नेत्रप्रसाद सापकोटा, प्राध्यापक मधुसुदन अधिकारीलगायतको उपस्थितिमा कार्यक्रम भएको थियो ।

 

  • ५ पुष २०७७, आईतवार प्रकाशित

  • Nabintech