सात मन्त्रीको सामुहिक राजिनामा

असल शासन प्रतिनिधि

काठमाण्डौं । राष्ट्रिपतिले संसद विघटनको घोषणा गरेको केही समय भित्र नै संसद विगठनको विरोध गर्दै नेपाल सरकारका सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
यसरी राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, उर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश कुमार भट्टराई, वनमन्त्री शक्ति बस्नेत, खानेपानीमन्त्री विना मगर, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र श्रममन्त्री रामेश्वर राय यादव छन् । राजिनामा दिने मन्त्रीहरु नेकपा नेता पुष्पकमल दाहाल र बरिष्ट नेता माधब कुमार नेपाल निकट रहेका छन् ।

  • ५ पुष २०७७, आईतवार प्रकाशित

  • Nabintech