२ महिना सम्म पनि भेटिएनन् हराएका बालक

खोजिदिन परिवारको आग्रह

असल शासन प्रतिनिधि

रुकुम पश्चिम, पुस ६ ।
रुकुम पश्चिमबाट करिब २ महिना अघि हराएका एक बालक अहिले सम्म पनि फेला परेका छैनन् ।

जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर १ नाखिरा निवासी १४ बर्षका नन्दराम गिरी (कुस बिक्रम) फेला नपरेको भन्दै निजका बुवाआमाले खोजिदिन अनुरोध गर्नुभएको छ । ‘मेरो छोरा गत कार्तिक १४ गते बाट हराएको हो’ उनका बुवा ध्रुव बिक्रम गिरीले भन्नुभयो ‘प्रहरी, मिडिया सबैले खोजिमा सहयोग गरिदिुनभए आभारी हुने थिए ।’

जानकारी अनुसार उनी मुसिकोट नरपालिका १ स्थित मामाघरमा बस्दै आएका थिए । मामाघरबाट निस्केका उनी अहिले सम्म फेला परेका छैनन् । छोराको खोजिको लागि प्रहरी कार्यालय, माईती नेपाल लगायतका निकायमा खबर गरेको तर अझै पत्ता नलागेको बुवा ध्रुवले बताउँनुभयो । घर, मामाघर, नेपालगञ्ज देखि काठमाडौ सम्म छोराको खोजि गर्दै हिडेको उहाँले जनाउँनुभयो ।

छोराको उचाई ५ फिट ४ ईन्च, गहुँगोरो वर्ण, पालतो शरिर र नाकमा कोठि रहेको उहाँले जनाउँनुभयो । कहिकतै फेला परेमा नजिकको प्रहरी कार्यालय वा अभिभावकको सम्पर्क नम्बर ९८६९९७३४५३ वा ९७४८५२२९८५ मा सम्पर्क गरिदिन परिवारजनले अनुरोध गर्नुभएको छ ।

  • ६ पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech