पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगन्ज । बाकेलाई फाल्गुन मसान्त भित्र पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने प्रतिबद्धता गरिएको छ ।
जिल्ला पूर्ण खोप समन्वय समिति र स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा नेपालगन्जमा भएको गोष्ठीमा बाँकेका आठ ओट स्थानीय तहले पूर्ण खोपयुक्त जिल्ला घोषणाका लागि प्रतिबद्धता जनाएका हुन ।
कार्यक्रमका बिच बाँकेका पूर्ण खोपयुक्त घोषणा हुन बाकि रहेका नरैनापुर, राप्तीसोनारी र बैजनाथ गाँउपालिकालाई फागुन १० गतेभित्र पूर्ण खोपयुक्त घोषणा गर्ने गरि योजना तयार भएको छ । स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखहरुको उपस्थिती रहेको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य सुरेन्द्र हमालले बालबालिकालाई खोपबाट बञ्चित हुन नदिन पूर्ण खोपयुक्त जिल्ला घोषणा अपरिहार्य रहेको बताए । कार्यक्रममा बोल्दै जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवास्तवले योजना अनुसार काम गर्न सबै पालिका प्रमुखलाई अनुरोध गरे।
गोष्ठीमा जिल्लामा खोपको अवस्थाबारे खोप अधिकृत भेषराज शर्माले प्रस्तुतिकरण गरेका थिए । नेपालमा बच्चा जन्मेदेखि १५ महिनासम्म १२ वटा रोग विरुद्ध १२ वटा खोप लगाउदै आएको छ ।

  • ६ पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech