ओमसतियामा सार्वजनिक सुनुवाई

असल शासन प्रतिनिधि

रुपन्देही / ओमसतिया गाउँपालिका रुपन्देहीले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता विषयमा सार्वजनिक सुनुवाई गरिएको छ ।
ओमसतिया गाउँपालिकाको आयोजना तथा बास रुपन्देही शाखाको सहजिकरणमा सुनुवाई भएको हो ।
सार्वजनिक सुनुवाईमा सहभागि स्थानियहरुले गाँउपालिकाले प्रदान गर्ने सेवा तथा सुविधाका बारेमा प्रश्न तथा जिज्ञासा राखेका थिए । सुनुवाईमा प्रश्न गर्दै सहभागि भानु पौडेलले गाउँपालिकाले योजना गर्दा पालिकाको दिगो विकासमा ध्यान दिनुपर्नेमा जोड दिए । यसैगरी ओमसतिया गाँउपालिका वडा नम्बर ३ का दिल बहादुर चौधरीले गाँउपालिकाले विकास सँगै क्षमता अभिबृद्धी लगायतका कार्यक्रमहरुलाई समेत अगाडी बढाउनु पर्ने बताए । उनले जेष्ठ नागरिकहरुले पाउने सामाजिक सुरक्षा भक्ता सहज रुपमा पाउने वातावरण बनाउन गाँउपालिकासँग माग गरे । सुनुवाईमा प्रश्न गर्दै देव धवलले सार्वजनिक सुनुवाईमा गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न पालिका लाई अनुरोध गरे । उनले पालिकाले कृषिका लागि बिशोष योजना बनाउन अपिल गरे । झबिलाल दर्लामीले स्थानीय आवश्यकताको आधारमा बजेटको बाडफाड हुनुपर्नेमा जोड दिए ।
सुनुवाईमा सहभागिहरुले राखेका प्रश्न तथा जिज्ञासाहरुको समाधान सुनुवाइमा सरोकारवालाको रुपमा आसिन गाउँपालिका अध्यक्ष हिरा केवट (राहुल), प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेल, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु, विभिन्न विषयगत शाखाका प्रमुखले दिएका थिए ।
बास रुपन्देही शाखाका निर्देशक विजया खत्रीले सहजिकरण गरेको सुनुवाईको शुरुवातमा गाँउपालिकाले गरेका कामहरुको बारेमा जानकारी गाँउपालिका अध्यक्ष हिरा केवटले दिएका थिए । त्यसपछि सार्वजनिक सुनुवाईको आचारसंहिता प्रश्तुत गरि सरोकारवाला र सहभागिहरुले अनुमोदन गरे पश्चात सुनुवाई खुल्ला गरिएको थियो । आम नागरिकहरुलाई गाँउपालिकाको काम कार्वाहीको बारेमा जानकारी दिन र स्थानीयहरुका प्रश्न, जिज्ञासा तथा सुझाव संकलनका लागि सार्वजनिक सुनुवाई जस्ता कार्यक्रम नियमित रुपमा हुनुपर्नेमा सहभागिहरुको जोड थियो ।

  • ७ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech