बाग्मती प्रदेशका मुख्य मन्त्री बिरुद्ध अविश्वास प्रस्ताव

तिन मन्त्रीको राजिनामा

असल शासन प्रतिनिधि

काठमाण्डौं / प्रतिनिधि सभा विगठन पछि प्रदेश सरकारको जोडघटाउ चलिरहेका बेला बाग्मती प्रदेशका मुख्यमन्त्री बिरुद्ध अविश्वसको प्रस्ताव पेश भएको छ ।
प्राप्त जानकारी अनुसार आज मुख्यमन्त्री डोरमणी पौडेलले नेतृत्व गरेको प्रदेश सरकार बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा दाहाल–नेपाल समूहका ४५ प्रदेशसभा सदस्यले बिहान ११ः२५ बजे प्रदेशसभा सचिवालय पुगेर अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । यसरी पेश भएको प्रस्तावमा मुख्यमन्त्री पौडेललाई हटाएर नयाँ मुख्यमन्त्रीमा अष्ठलक्ष्मी शाक्यको नाम प्रस्ताव गरिएको छ । बाग्मती प्रदेशसभामा ११० जना सदस्य रहेका छन् जस मध्ये ५६ जनाले बहुमत पुग्छ ।
हाल बाग्मती प्रदेशसभामा नेकपाका ८०, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २२, विवेकशील साझा दलका ३, राप्रपाका २, नेमकिपा २ र स्वतन्त्र सांसद् १ जना रहेका छन् । नेकपाका ८० सांसदमध्ये ओली पक्षका ३४ जना छन् भने दाहाल–नेपाल पक्षका ४६ जना रहेका छन् ।
उता बाग्मती प्रदेश सरकारका तीन मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले आज राजीनामा दिएका छन्। प्रतिनिधि सभा विगठन पछि देश भरी नै राजनितिक जोड घटाउ भईरहेको छ ।

  • १० पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech