मन्त्रिपरिषदको विस्तार ८ मन्त्री र १ राज्य मन्त्री थपिए

असल शासन प्रतिनिधि

काठमाण्डौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आज साझँ अकस्मात बोलाएको मन्त्री परिषदको बैठकले मन्त्रिपरिषद बिस्तार गरेको छ ।
बैठकले आज ८ मन्त्री र १ राज्यमन्त्रिलाई थपेको छ । यसरी विस्तार भएको मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी उर्जा, जलस्रोत तथा सिञ्चाई, प्रभु साह शहरी विकास, मणि थापा खानेपानी तथा सरसफाइ, गौरीशकर चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासन, प्रेमबहादुर आले वन तथा वातावरण, जुलीकुमारी महतो महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र दावा लामा युवा तथा खेलकुद मन्त्री बनेका छन् भने विमला विश्वकर्मा लाई उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री को जिम्मेवारी दिईएको छ । थपिएका मन्त्रीले आज नै सपथ लिएका छन् ।

  • १० पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech