कोभिड जोखिमका बारेमा आठ ओटै पालिकामा बैठक

असल शासन प्रतिनिधि

नेपालगन्ज । कोभिड–१९ को सम्भावित जोखिम रोगथाम तथा ब्यवस्थापनका लागि बाँकेका ८ ओटै पालिकामा पालिका स्तरीय बैठक गरिएको छ । पालिकाका प्रमुखको अध्यक्षतामा गरिएको बैठकमा जनप्रतिनिधि र सरोकारवाला शाखा प्रमुखको सहभागिता रहेको थियो ।
कोभिडको सम्भावित जोखिमलाई ध्यानमा राखि पालिकाहरुमा नरैनापुरमा कोभिड १९ जोखिम व्यवस्थापन तथा गुनासो सुनुवाई संयन्त्र गठन गरिएका छन् । कार्यक्रम अन्तरगत गठित संयन्त्रमा उप प्रमुख वा उपाध्यक्षको संयोजकत्वमा गठित समितिमा प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष मध्ये २ जना, स्थानीय सामाजिक संस्थाबाट १ जना, स्थानिय पत्रकारबाट १ जना, स्वयम् सेविका बाट १ जना र स्थानिय प्रहरी ईन्चार्ज गरि ७ सदस्सीय संयन्त्र गठन गरिएको छ । यसरी गठन गरिएको समितिले आवश्यकता अनुसार कोभिड १९ ब्यवस्थापनमा सहयोग गर्ने र सो बारेमा गुनासोको ब्यवस्थापन गर्ने गरि परिचालन गरिने निर्णय गरिएको छ ।
उता बाँके डुडुवा गाँउपालिका अध्यक्ष नरेन्द्र चौधरीले कोभिड जोखिम ब्यवस्थापन गर्न सबैको साथ र सहयोग आवश्यक पर्ने बताएका छन् । युएनडिपीको सहयोगमा बासद्धारा मंसिर २३ गते गाँउपालिकामा आयोजना गरिएको कोभिड जोखिम सम्बोधन तथा गुनासो सुनुवाई बिषयक पालिका स्तरीय बैठकमा बोल्दै अध्यक्ष चौधरीले यस्तो बताएका हुन् । गाँउपालिकाका अन्तरगत वडा नम्बर १, ६ लगायतका क्षेत्र भारतीय सिमाना सँग जोडिएका कारण थप जोखिममा रहेको उनको भनाई थियो । उनले कोभिड जोखिम सम्बोधनका लागि गठन गरिएको संयन्त्रले काममा आवश्यक सहयोग गर्ने विश्वास ब्यक्त गरे । उनले गठित संयन्त्रलाई चलायमान बनाउन आवश्यक योजना बनाउन बासलाई अनुरोध गरे ।
बैठकमा बोल्दै गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत परसुराम उपाध्यायले कोभिडको सम्भावित जोखिम सम्बोधनका लागि संस्थाहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । अप्ठेरो परेको बेला गैससहरुले आवश्यक सहयोग गरेको भन्दै कोभिड बारे सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न बासलाई अपिल गरे । गाँउपालिका अध्यक्ष चौधरीको अध्यक्षतामा बसेको बैठकमा कोभिड जोखिम सम्बोधन कार्यक्रम अन्तरगत भईरहेको गतिविधिको बारेमा बासका निर्देशक हेमराज भट्टले जानकारी गराएका थिए । बासका निर्वतमान अध्यक्ष मन भण्डारीले सञ्चालन गरेको बैठकमा अध्यक्ष चौधरी, उपाध्यक्ष शाहीदा बानो, प्रमुख प्रशसकिय अधिकृत, परसुराम उपाध्याय, कार्यपालिका सदस्य, शाखा प्रमुख गरि १६ जनाको सहभागिता रहेको थियो । बैठकले कोभिड जोखिम सम्बोधनका लागि पालिका स्तरीय संयन्त्र गठन गरेको छ ।
यसैगरी कोभिड जोखिम तथा ब्यवस्थापन बारे कोहलपुर नगरपालिकामा छलफल गरिएको छ । बासको आयोजनामा भएको छलफलले कोभिडको जोखिम ब्यवस्थापन तथा गुनासो सुनुवाईका लागि कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जु कुमारी चौधरीको संयोजकत्वमा समिति कोभिड जोखिम ब्यवस्थापन तथा गुनासो सुनुवाई संयन्त्र गठन गरेको छ ।
कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतको अध्यक्षतामा बसेको बैठकमा कोभिड जोखिम सम्बोधन कार्यक्रम तथा संयन्त्र गठनका बारेमा बासका निर्देशक हेमराज भट्टले जानकारी गराएका थिए । बैठकमा कोहलपुर नगरपालिकाले सम्भावित जोखिम सम्बोधन तथा ब्यवस्थापनका लागि तयारी भएपनि पछिल्लो समय आम नागरिकहरुले सामान्य रुपमा लिईरहेका कारण जुन सुके बेला पनि बढ्न सक्ने निष्कर्ष निकालिएको थियो । बैठकमा बोल्दै नगरप्रमुख रावतले कार्यक्रम निकै राम्रो भएकाले गठित संयन्त्रलाई चलायमान बनाउन र आगामी दिनमा संग संगै काम गर्न कार्यक्रम नियमित रुपमा गर्नुपर्नेमा जोड दिएका थिए । उनले पालिकाको ध्यान समेत कोभिड बिरुद्ध कम हुदै गर्दा बासले गरेको कार्यक्रमले थप सजक बनाएको उनको भनाई थियो । बैठकमा कार्यक्रम तथा संयन्त्रको बारेमा जानकारी बासका निर्देशक हेमराज भट्टले गरेका थिए । बैठकमा नगर प्रमुख लुट बहादुर रावत, उप प्रमुख सन्जु कुमारी चौधरी, स्वास्थ्य शाखा प्रमुख लगायतको उपस्थिती रहेको थियो ।
राप्तीसोनारी गाँउपालिकामा भएको बैठकमा अध्यक्ष लाहुराम थारुले कोभिडको जोखिम बिद्यार्थीहरुमा भएकाले बिद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गर्न अपिल गरेका छन् । बासले आयोजना गरेको पालिका स्तरीय कोभिड जोखिम सम्बोधन कार्यक्रम अन्तरग बैठकमा बोल्दै अध्यक्ष थारुले जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिदिन अपिल गरेका हुन । कार्यक्रममा बोल्दै पालिका एक्लैको प्रयासले कोभिड जोखिम न्यूनिकरण नहुने भन्दै थप सहकार्यको आवश्यकता रहेको बताए । बैठकबाट उपाध्यक्षको संयोजकत्वमा गठन गरिएको संयन्त्रले कोभिड जोखिम सम्बोधन र गुनासो सुनुवाईमा आवश्यक सहयोग गर्ने विश्वास ब्यक्त गरे ।
अध्यक्ष थारुको अध्यक्षतामा बसेको बैठकको शुरुवागतमा बासका निर्देशक हेमराज भट्टले कार्यक्रम बारे जानकारी तथा संयत्र गठको उद्धेश्यका बारेमा जानकारी गराएका थिए । बैठकमा बोल्दै प्रमुख प्रशासकिय अधिकृत नर बहादुर बिकले कोभिड जोखिमका बिषयमा बासले सञ्चालन गरेको कार्यक्रमले भालिको सम्भावित जोखिम ब्यवस्थापनमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । बैठकमा अध्यक्ष लाहुराम थारु, प्रमुख प्रशासकिय अधिृकत नर बहादुर बिक, वडा अध्यक्ष, विभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
खजुरा गाँएपालिकामा भएको बैठकमा बोल्दै अध्यक्ष किस्मत कुमार कक्षपतिले कोभिडको जोखिम अहिले सामान्य अवस्थामा रहेकाले आवस्यकताको आधारमा बाससँग समन्वय गरि काम गर्ने प्रतिबद्धता गरे । उनले भोलिका दिनमा कोभिड जोखिम बढ्दै गएमा संस्थाले प्रश्ताव गरेको संयन्त्र गठन गर्ने बताए । बासका निर्वतमान अध्यक्ष मन भण्डारीले सहजिकरण गरेको बैठकमा अध्यक्ष कक्षपति, उपाध्यक्ष एकमाया बिक, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, विभिन्न शाखाका प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो ।
यसैगरी नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाको अध्यक्षतामा भएको बैठकले उपमहानगरपालिकामा कोभिड जोखिम ब्यवस्थापन तथा गुनासो सुनुवाई सहजिकरणका लागि नेपालगन्ज उपमहानगरपालिकाका उप प्रमुख उमा थापा मगरको संयोजकत्वमा समिति गठन गरेको छ । यसरी गठन गरिएको संयन्त्रको सदस्यमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष तथा नगरपालिकाका प्रबत्ता प्रमोद रिजाल, नगर कार्यपालिका सदस्य बसन्ता जोशी, स्वयम् सेविका प्रेमा शाह, पत्रकार गोबिन्द शर्मा र वडा प्रहरी कार्यालय प्रमुख रहेका छन् ।
बैठकमा बोल्दै नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा धवल शम्सेर राणाले कोभिडको सम्भावित जोखिम न्यूनीकरणमा सबैको सहकार्य आवश्यक हुने बताए । उनले बासले कोभिड बिरुद्धको अभियानमा राम्रो काम गरिरहेको बताए । कोभिड जोखिमका बिषयमा नियमित रुपमा सचेतना मुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनको जोड थियो । उनले गठित समितिले कोभिड जोखिममा सक्रियता पूर्बक काम गर्ने उनको विश्वास थियो ।
बैठकमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले कोभिड जोखिम कार्यक्रम र संयन्त्रको बारेमा जानकारी गराएका थिए । बैठकमा नगर प्रमुख डा राणा, उप प्रमुख उमा थापा मगर, प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर खड्का, नेपालगन्ज उप महानगरपालिका का प्रबक्ता प्रमोद रिजाल लगायत वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो ।
उता बाँकेको जानकी गाँउपालिकामा भएको बैठकमा बोल्दै गाँउपालिका अध्यक्ष राम निवास यादवले कोभिडको जोखिमका बिषयमा गाँउपालिका सजग रहेको बताए । उनले कोभिडको सम्भावित जोखिमका बिषयमा गरिरहेको कार्य निकै प्रशंसनिय भएको भन्दै कार्यक्रम नियमित रुपमा सञ्चालन गर्न अनुरोध गरे । उपाध्यक्षको संयोजकत्वना गठन भएको पालिका स्तरीय संयन्त्रले कोभिड जोखिममा महत्वपूर्ण कार्य गर्ने उनको विश्वास थियो । उनले बासले सञ्चालन गरिरहेको कार्यक्रमलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।
बासका केन्द्रीय महासचिब शिव कुमार बर्माले सहजिकरण गरेको बैठकमा अध्यक्ष यादब, प्रमुख प्रशासकिय अधिकृत बम बहादुर राना, वडा अध्यक्ष, शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो ।
बाँकेको बैजनाथ गाँउपालिकामा कोभिड जोखिम सम्बोधन कार्यक्रम अन्तरगत पालिका स्तरीय बैठक गरिएको छ ।
बैजनाथ गाँउपालिकाका अध्यक्ष मान बहादुर रुचालको अध्यक्षतामा भएको बैठकले गाँउपालिका भित्र कोभिडको जोखिम अहिले सामान्य स्थितीमा भएपनि अधिकांस स्थानीयहरु कामका लागि बाहिर जाने भएकाले जोखिम भने उच्च रहेको बताए । बैठकमा बोल्दै अध्यक्ष रुचालले गाँउपालिकाको थारु समुदाय जोखिममा रहेको उनको भनाई थियो । उनले बिपन्न, गरिब तथा थारु समुदायमा अझै पनि कोभिडको जोखिमका बारेमा प्रयाप्त चेतना नभएका कारण जोखिम यथावत रहेको बताए । गाँउपालिकामा कोभिडको सम्भावित जोखिमका बारेमा सचेतना मुलक कार्यक्रम आवश्यक पर्ने उनको भनाई थियो । बैठकमा बोल्दै प्रमुख प्रशासकिय अधिकृत दान बहादुर एडीले कोभिडको जोखिम अहिले सामान्य अवस्थामा रहेकाले भालिका दिनमा जोखिमको अवस्था आएका बाससँगको सहकार्यमा संयन्त्र गठन गर्ने प्रतिबद्धता गरे । उनले सचेतना मुलक कार्यक्रम सञ्चालन आवश्यक रहेको बताए । बासका निर्वतमान अध्यक्ष मन भण्डारीले सञ्चालन गरेको बैठकको शुरुवातमा कार्यक्रम र संयन्त्र गठनको बारेमा बासका निर्देशक हेमराज भट्टले जानकारी गराएका थिए ।

  • १० पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech